उदयपुर : उदयपुरको गाईघाटबाट लिामचुङबुङतर्फ जाँदै गरेको बोलेरो जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । लिमचुङबुङ ४ छाताङस्थित माझखर्क–बाराहा सडकखण्डमा सोमबार जिप दुर्घटना हुँदा २६ वर्षीय चालक युवराज तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
मृतक तामाङ त्रियुगा नगरपालिका-१६ सुकौराका स्थायी बासिन्दा भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक सन्तोष कार्कीले जानकारी दिए । चालकसहित ७ जना सवार बा १ च ३२६७ नम्बरको बोलेरो छाताङस्थित तीनचोके घुम्ती सडकमा दुर्घटना भएको प्रहरी निरीक्षक कार्कीले बताए ।
दुर्घटनामा परी जिपमा सवार ५ यात्रु घाइते भएका छन् भने एक जना सकुशल रहेको प्रहरीले जनाएको छ ।