२०८१ मंसिर २७ गते बिहिवार / Dec 12 , 2024 , Thursday
२०८१ मंसिर २७ गते बिहिवार

नेकपा एमाले बझाङको आठौं जिल्ला अधिवेशन सुरु 

ADV
सत्यराज सिंह
२०८१ मंसिर २५ गते ११:०२
नेकपा एमाले बझाङको आठौं जिल्ला अधिवेशन सुरु 

बझाङ : नेकपा एमाले बझाङको आठौँ जिल्ला अधिवेशन आइतबारदेखि बझाङको सदरमुकाम चैनपुरमा सुरु भएको छ । अधिवेशनको एमाले केन्द्रीय सचिव तथा सुदुरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले उद्घाटन गरेका छन् । 

अधिवेशनमा जिल्लाका ९४ वडा र पार्टीका जनवर्गीय संगठनबाट ४०० बढी प्रतिनिधि सहभागी भएका छन् । अधिवेशनले पार्टीको राजनीतिक, आर्थिक र सांगठनिक प्रतिवेदन पारित गर्दै नयाँ नेतृत्व चयन गर्ने जिल्ला सचिव आनन्दलाल विस्वकर्माले बताए । 

अधिवेशनको उद्घाटन गर्दे एमाले केन्द्रीय सचिव तथा सुदुरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले पार्टी सरकारमा भएका बेला गरिएका काम जनस्तरमा पुर्याउन जरूरी रहेको बताएका छन् । ओरालो लागेको देशको आर्थिक स्थिति एमाले सरकारमा गएपछी अहिले सुधार भएको उनको भनाई छ । 

जनस्तरमा सरकारले गरेका काम स्थापित गर्न र पार्टी भित्र नेता कार्यकर्तामा एकता र सक्रियता समेत जरुरी रहेको बताए । कार्यक्रममा बोल्दै पछिल्लो समय एमाले पार्टीमा निति सिद्धान्त र विचारको बिषयमा कम बहस हुने गरेकाले यस्ता विषयमा बहस हुन जरुरी रहेको नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरले बताए । उनले भने, ‘मेरो नेता हैन पार्टी मेरो हो भन्ने भावनाका साथ सबैले अघि बढ्न जरुरी छ । समतामुलक समाज निर्माणमा हामी लाग्नुपर्छ । एमालेमा गुट उपगुट भनेर छरेको भ्रम चिर्न सबै लाग्नुपर्छ । पार्टी र राजनीतिक दलले केही गर्न सक्दैन भन्ने भ्रमलाई चिर्नुपर्ने छ । आपसी एकता र नवीन दृष्टिकोणले मात्र एमालेलाई आगामी निर्वाचनमा पहिलो पार्टी बनाउन सकिन्छ । त्यही बाटोमा सबै लागौं ।’ अधिवेशनले पार्टीमा गुटउपगुट नभई एकताबद्ध एमाले भएको सन्देश बझाङबाट दिने समेत महरको भनाई छ ।

पार्टीभित्र विधि र पद्धति स्थापित गर्न आफूले पनि चाहेको नेकपा एमालेका केन्द्रीय सदस्य तथा बझाङ जिल्ला इन्चार्ज भैरव बहादुर सिंहले बताए । उनले भने, ‘एकता गर्नुपर्छ, सबैलाई मिलाएर लैजानुपर्छ भन्नेमा म सधैं छु । तपाईहरू पनि त्यही बाटोमा लाग्नुस् ।’ सिंहले पार्टीलाई एकताबद्ध गरेर लैजान आफ्नो तर्फबाट कुनै कसर नराख्ने प्रतिबद्धता जनाए । 

कार्यक्रममा बोल्दै केन्द्रीय कमिटि सदस्य, प्रदेश कमिटी अध्यक्ष, सदस्य तथा जिल्ला कमिटीका  नेताहरुले आठौं जिल्ला अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास भइरहेको बताएका छन् । बन्दसत्र भोली विहान १० बजेबाट नेकपा एमालेको पार्टीकार्यालय चैनपुरमा हुने अधिवेशन आयोजक कमिटीले जनाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise