२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

स्विट्जरल्याण्डको लक्जरी ब्राण्ड 'बाली'मा ४० प्रतिशतसम्म छुट

Nada
२०८१ असार ७ गते १२:२३
Shares
स्विट्जरल्याण्डको लक्जरी ब्राण्ड 'बाली'मा ४० प्रतिशतसम्म छुट

काठमाडौं : स्विट्जरल्याण्डको लक्जरी ब्राण्ड 'बाली'मा ४० प्रतिशतसम्म छुटको घोषणा गरिएको छ । सन् १८५१ मा स्विट्जरल्याण्डमा स्थापना भएको लक्जरी ब्राण्ड बालीको दबारमार्गस्थित सोरुम वाच ग्यालरीमा यस्तो छुटको घोषणा गरिएको हो । लक्जरी सुज, ब्याग, बेल्ट, वालेटलगायतका उत्पादनहरुमा विश्वप्रख्यात ब्राण्ड बालीलाई नेपाली बजारमा वाच ग्यालरीले बिक्री वितरण गर्दै आएको छ ।

ncell

१७२ वर्षभन्दा लामो आफ्नो लिगेसीलाई कायम राख्दै आजको अत्याधुनिक प्रविधि र आधुनिकतासँग हातेमालो गर्न सिपालु बाली विश्वभरका सेलिब्रेटी, व्यवसायी तथा संभ्रान्तहरुको पहिलो रोजाइ बन्दै आएको वाच ग्यालरीले उल्लेख गरेको छ ।

हालै बालीको नयाँ कलेक्सन भित्र्याएको वाच ग्यालरीले कम्पनीसँगको सहकार्यमा नेपाली उपभोक्ताका लागि विशेष छुटको मौका ल्याएको हो । 'नेपालको खस्किएको आर्थिक अवस्थाका कारण धेरै सम्भावित उपभोक्तालाई हामीले सेवा प्रदान गर्ने मौका प्राप्त गरेका थिएनौं,' वाच ग्यालरीका प्रबन्ध निर्देशक पंकज झुनझुनवाला भन्छन्, 'त्यसैले बालीको गुणस्तरीयताको अनुभव नेपाली उपभोक्ताले गर्न सकुन् भन्ने उद्देश्यले हामीले कम्पनीसँगको सहकार्यमा यस्तो छुटको अवसर ल्याएका हौं ।'

उनले अगाडि भने, 'सामान्यतया लक्जरी ब्राण्डहरुले यस्तो सेल वा छुट दिँदैदन्, हामीले नेपाली उपभोक्तालाई थप अफोर्डेबल बनाउन यस्तो प्रयास गरेका हौं ।' कम्पनीले नेपाली उपभोक्तालाई प्राप्त यो अवसरको सदुपयोग गर्न आग्रह गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर