२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

जाजरकोटको खलंगामा प्रभु बैंकको नयाँ शाखा

ADV
मध्यान्ह
२०८१ असार ७ गते १२:५६
जाजरकोटको खलंगामा प्रभु बैंकको नयाँ शाखा

काठमाडौं : प्रभु बैंक लिमिटेडले जाजरकोटको भेरी नगरपालिका वडा नं. ४ स्थित खलंगा बजारमा आफ्नो ३०७औं शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

बैंकको जाजरकोट शाखामार्फत स्थानीय, सर्वसाधारण, व्यावसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकको विश्वास छ ।

हालसालै “बैंक अफ द इयर २०२३”को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०७ शाखा कार्यालयहरु, २८६ एटीएम तथा ७० एक्सटेन्सन काउन्टरमार्फत ३१ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ एवम् वित्तीय सेवा प्रवाह गरिरहेको छ ।

प्रभु बैंक छोटो समयको अन्तरालमा नै फिनाकल इन्फोसिस इनोभेसन गोल्ड–२०२४ अवार्डबाट पनि सम्मानित भएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise