२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

एनआईसी एशिया लघुवित्तद्वारा नि:शुल्क आँखा शिविर सञ्चालन

ADV
मध्यान्ह
२०८१ असार ७ गते १३:४३
एनआईसी एशिया लघुवित्तद्वारा नि:शुल्क आँखा शिविर सञ्चालन

काठमाडौं : एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले बाराको परवानिपुर शाखामा आँखा स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।  गरिब, विपन्न तथा ग्रामिण भेगमा रहेका पहुँच नपुगेका व्यक्तिहरुलाई लक्षित गरी गत शनिबार शिविर आयोजना गरिएको संस्थाले जनाएको छ ।

शिविरमा १२४ जना आँखाका समस्या भएका बिरामीहरुलाई स्वास्थ्य सेवा प्रदा गरिएको थियो । बिरामीहरुलाई निःशुल्क चेक जाँच, निःशुल्क औषधि वितरण तथा निःशुल्क मोतिविन्दुका शल्यक्रिया सेवा प्रदान गरिएको संस्थाले जानकारी दिएको छ ।

संस्थाले शिविर सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने केडिया आँखा अस्पताल वीरगञ्जका डाक्टर तथा स्वाथ्यकर्मीहरु, सुरक्षामार्फत सहयोग गर्ने इलाका प्रहरी कार्यालयका प्रमुख तथा सुरक्षा निकायका प्रतिनिधिलगायत सबैमा धन्यवाद ज्ञापन गरेको छ ।

इटहरी नगरपालिका वडा नं ९ मा रजिष्टार्ड कार्यालय तथा बनेपा नगरपालिका वडा नं ८ मा कर्पोरेट कार्यालय रहेको संस्थाले देशका ७४ जिल्लामा २८७ शाखा कार्यालयमार्फत आर्थिक, सामाजिक र भौगोलिक रुपले पीछडिएका निम्न वर्गीय तथा ग्रामीण भेगमा रहेका महिलाहरुलाई लक्षित गरी विगत १० वर्षदेखि वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise