२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

नेक्सजेन म्यानेजमेन्ट र होटल सेभेनबीच सम्झौता

ADV
मध्यान्ह
२०८१ असार ७ गते १४:२८
नेक्सजेन म्यानेजमेन्ट र होटल सेभेनबीच सम्झौता

काठमाडौं : नेक्सजेन म्यानेजमेन्ट र सौराहाको होटल सेभेनबीच वित्तीय परामर्श र व्यवस्थापनका लागि सम्झौता भएको छ । नारायणहिटी उत्तर ढोकास्थित होटलको कर्पोरेट कार्यालयमा दुबै कम्पनीका उच्च पदाधिकारीको उपस्थितिमा बिहीबार उक्त सम्झौता भएको हो । सम्झौता पत्रमा होटलको तर्फबाट अध्यक्ष हरि प्रसाद पाठक र नेक्सजेन म्यानेजमेन्टको तर्फबाट अध्यक्ष रमेश कुमार भट्टराईले हस्ताक्षर गरे । 

चितवनको सौराहामा २०६७ सालमा स्थापित होटल सेभेन प्रा.लि. दुई तारे सुविधा सम्पन्न होटल हो । ५२ कट्ठा जग्गामा निर्मित होटलमा सुविधा सम्पन्न ४८ कोठा, स्वीमिङ पुल, छुट्टै रेष्टुरेन्ट, तीन वटा सेमिनार हलहरू रहेका छन् । 

होटलले निकट भविष्यमा स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्न पाँच तारे स्तरको सुविधा प्रदान गर्ने गरी होटललाई स्तरोन्नति गरिहेको छ । आउने वर्ष होटलको थप ३० वटा कोठा, सेमिनार हल, जीम क्लब, कन्टिनेन्टल रेष्टुरेन्ट बनाउने योजना रहेको हेटल सेभेनले बताएको छ ।

त्यसका लागि थप पुँजीको आवश्यकता पर्ने भएकाले थप संस्थापक शेयरधनीहरू ल्याउने र सर्वसाधारणलाई शेयर जारी गरी पुँजीको व्यवस्था गर्ने योजना रहेको होटलका अध्यक्ष पाठकले जानकारी गराए ।

होटलको हालको पुँजी संरचना परिवर्तन, लिमिटेड कम्पनीमा रूपान्तरण, आवश्यक स्रोतको व्यवस्थापन, व्यावसायिक योजना, होटलको बजारीकरण, सर्वसाधारणलाई शेयर निष्काशनलगायतका कार्यमा नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रा.लि.ले परमर्शदाताको रूपमा सेवा प्रदान गर्नेछ ।

नेक्सजेन म्यानेजमेन्ट सम्पत्ति व्यवस्थापन र व्यावसायिक परामर्श दिने कम्पनी हो । छोटो अवधिमा नेक्सजेनले स्वदेशी र विदेशी उद्योगपति व्यवसायीलाई परामर्शदाताको सेवा दिन सफल भएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise