२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

एलजी स्मार्ट टिभीका अपरेटिङ सिस्टम ५ वर्षसम्म नि:शुल्क अपग्रेड

ADV
मध्यान्ह
२०८१ असार ७ गते १४:३७
एलजी स्मार्ट टिभीका अपरेटिङ सिस्टम ५ वर्षसम्म नि:शुल्क अपग्रेड

काठमाडौं : एलजी इलेक्ट्रोनिक्सले आफ्ना पुराना एलजी स्मार्ट टिभीका ग्राहकहरूलाई नयाँ वेबओएस स्मार्ट टिभी प्लेटफर्मको अपग्रेड प्रदान गरिरहेको घोषणा गरेको छ । 

२०२४ को शुरुवातमा वेबओएस रिन्यू प्रोग्रामले एलजीको २०२२ ओएलईडी टिभी लाइनअप, एलजी ओएलईडी फ्लेक्स, एलजी ओएलईडी अब्जेक्ट कलेक्शन पोसे साथै एलजीको २०२२ क्यूएनईडी मिनी एलईडी ८के (क्यूएनईडी९९/९५ श्रृंखला) को प्रत्येक मोडेलमा नयाँ वेबओएस अपग्रेड ल्याएको थियो । जसले प्रयोगकर्ताहरूलाई अर्को पाँच वर्षका लागि नयाँ टिभी अनुभवको आनन्द दिने एलजीले जनाएको छ । यो अपग्रेड भविष्यमा विश्वभरका अन्य एलजी टिभीहरूमा विस्तार गरिने पनि एलजीले बताएको छ ।

उन्नत सुरक्षा प्रविधि र अनुकूलित अपरेटिङ सिस्टमले, प्रयोगकर्ताहरूलाई टिभी हेर्ने अनुभवको समयमा उच्चस्तरको स्थिरता, सुरक्षा र सहजतासँग सुरक्षित गर्ने एलजीले जनाएको छ । एलजी स्मार्ट टिभीले नयाँ वेबओएस अपग्रेडलाई अपनाउँदै गर्दा सामग्री प्रदायक र सेवा विकासकर्ताहरूलाई नयाँ सामग्री, सेवा र सुविधाहरूलाई दर्शकमा फैलाउने थप अवसरहरू प्राप्त हुने एलजीले उल्लेख गरेको छ ।

सोही एलजी वेबओएस रिन्यू प्रोग्राम नेपालमा उपलब्ध २०२२ देखिका ओएलईडी र क्यूएनईडी टिभी र २०२३ देखिका युएचडी टिभीहरुमा पनि लागू हुने र जसमा आगामी पाँच वर्षसम्म नि:शुल्क अपग्रेड आउने कम्पनीले बताएको छ ।

एलजीले नेपालमा पनि विगत ३६ वर्षदेखि दिगो तथा वातावरणमैत्री प्रविधियुक्तका साथै विगत केही वर्षदेखि एआई सम्मिलित उत्कृष्ट उत्पादनहरू भित्र्याएर ग्राहकहरुमाझ ल्याइरहेको छ । नेपालभर एलजी ब्राण्डको आधिकारिक बिक्रेता चौधरी ग्रुपअन्तर्गत सिजी इलेक्ट्रोनिक्स रहेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise