भारत : भारतको राजधानी दिल्लीमा नागरिकता संशोधन कानूनको विरोध र समर्थनमा प्रदर्शनमा उत्रिएकाहरुबिच भएको भिडन्तमा मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।
समाचार संस्था एएनआईका अनुसार अहिलेसम्म तीनजना सर्वसाधारण र एक प्रहरीको मृत्यु भएको छ । अर्का एकजनाको मृत्युको पुष्टि जिटिभीले अस्पताल स्रोतलाई उद्धृत गर्दै गरेको छ । तर मृत्यु हुने पाँचौँ व्यक्तिका बारेमा विस्तृत विवरण सार्वजनिक भएको छैन ।
घटनामा घाइते भएका २४ जना भन्दा बढीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दिल्लीको यमुना पार क्षेत्रमा भिडन्त भएको हो । दिल्ली सरकारका मन्त्री गोपाल राय बिग्रिएको अवस्थाबारे छलफल गर्न उपराज्यपालको निवास पुगेका छन् ।
दिल्लीमा सोमबार दिउँसो र बेलुका भिडन्त भएको हो । जाफराबादका मोहम्मद सुल्तान नाम गरेका प्रदर्शनकारीको गोडामा गोली लागेको थियो । तर रक्तश्राव अधिक भएका कारण उनको मृत्यु भएको प्रहरीले दाबी गरेको छ । यस्तै शाहिद अल्वी नाम गरेका अटो रिक्सा चालकको पनि मृत्यु भएको छ। उनको मृत्यु पनि गोली लागेर भएको हो।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies