२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

कविता बनिन् 'मिसेस हिमालयन नेपाल २०२४'

shivam cement
२०८१ पुष ७ गते १२:१२
Shares
कविता बनिन् 'मिसेस हिमालयन नेपाल २०२४'

काठमाडौं : 'मिसेस हिमालयन नेपाल २०२४'को उपाधि काठमाडौं थलीकी सौन्दर्यकर्मी कविता बिशुंखेले हासिल गरेकी छन् । शनिबार अपराह्न राजधानीको ज्यापु प्रज्ञा एकेडेमीमा सम्पन्न सो विवाहित महिलाहरु‌को सौन्दर्य प्रतियोगीतामा कविताले ताजसँगै नेपाल फेशन एण्ड इन्टरटेनमेन्ट इन्टरनेसनल अवार्ड जापान २०२५ का लागि इन्ट्री प्याकेज समेत प्राप्त गरेकी छन् । हिमालयन मुभिजद्वारा आयोजित सो कार्यक्रममा सारिका महतो फस्ट रनरअप तथा सुशिला न्यौपाने  सेकेन्ड रनरअप हुन सफल भएका छन् । सो कार्यक्रम मिसेस हिमालयन नेपाल प्रतियोगिताको ११औं संस्करण हो ।

निलो रङको क्याजु‌अल पोशाकमा आर्कषक नृत्य प्रस्तुत गर्दै प्रतियोगीहरूले सुरु गरेको कार्यक्रममा परिचयात्मक चरण, प्रस्नोतर चरण, लेहेंगा चरण, टप टेन, टप फाइभ र क्राउनिङ चरणमा गरी प्रतिस्पर्धीहरु‌ले आफूलाई अब्बल प्रमाणित गर्ने प्रयास गरेका थिए । प्रतियोगीहरुलाई चर्चित फेसन कोरियोग्राफर हिमानी सुब्बाले करिब ३ सातासम्म नृत्य, क्याटवाक, व्यक्तित्व विकास, बोलीचाली अभ्यास, स्टेजको प्रस्तुतिलगायत अन्य विविध विषयमा तालिम दिएकी थिइन् ।

कार्यक्रमको मध्यान्तरमा कोरियोग्राफर सुब्बा आफैं आकर्षक पहिरनमा स्टेजमा उत्रेकी थिइन् । कार्यक्रममा विविध सबटाइ‌टल अवार्डहरु समेत वितरण गरिएको थियो । जसमा विजेता कविता मोस्ट इन्टिलिजेन्ट, सारिका महतो मोस्ट कन्फिडेन्ट, शुशिला न्यौपाने मोस्ट डिलाइटफुल, पब्लिक चोइस भिडियो र मोस्ट पपुलर, तारा विश्वकर्मा मोस्ट डिलिजेन्ट, सर्जुना शाही मोस्ट स्मार्ट, मनशोभा महर्जन मोस्ट एक्टिभ, सरस्वती थापा मगर वेष्ट ट्‌यालेन्ट, सुजिता गुरुङ बेस्ट पर्सनालिटी, निर्मला चौधरी मोस्ट प्यासोनेट, शोभा चौलागाई दंगाल मोस्ट डिसेन्ट, भुमा तामाङ मोस्ट ग्रेसफुल र रेखा भट्टराई बेस्ट फोटोजेनिक बन्न सफल भएका थिए ।

कार्यक्रमको निर्णायक मण्डलमा अभिनेता मोडल दिक्पाल कार्की, अभिनेता इभेन्टकर्मी सिद्धार्थ सिंह, कस्मेटोलोजिस्ट डा रेखा थापा, मिसेस मंगोल नेपाल २०२४ प्रतिभा पुलामी मगरका साथै मिसेस नोबेल नेपाल २०२४ सिरोसा सापकोटा रहेका थिए । कार्यक्रममा कलाकारहरुले आर्किषक नृत्य प्रस्तुत गरेका थिए । विवाहित महिलाहरु‌को सौन्दर्यता र बौद्धिकताको श्रीवृद्धि गर्ने हेतुले कार्यक्रम आयोजना गरिएको आयोजक पक्षले जनाएको छ ।

सम्बन्धित खबर