२०८१ चैत २१ गते बिहिवार / Apr 03 , 2025 , Thursday
२०८१ चैत २१ गते बिहिवार
Ads

गायक नवीन पौडेल सुनको तक्माले सम्मानित

draupadi film
मध्यान्ह
२०८१ पुष ७ गते १२:५०
गायक नवीन पौडेल सुनको तक्माले सम्मानित

काठमाडौं : लोक गायक नवीन पौडेललाई सुनको तक्मा र सम्मान पत्रले सम्मान गरिएको छ । काठमाडौंको भृकुटीमण्डपमा आयोजित राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालको १४औं केन्द्रीय वार्षिक साधारण सभा तथा बाग्मती प्रदेशको प्रथम अधिवेशनमा संस्कृति बचाउने अभियानमा लागेका सामाजिक अभियन्ता एवम् लोक गायक पौडेललाई सम्मान गरिएको हो ।

लोपोन्मुख खैंजडी मजुरा मृदंग, कर्ताललगायत बाध्ययन्त्र प्रयोग गरेर अपनाइने भजन संस्कृतिलाई एकत्रित गर्दै र त्यस्ता समूहहरुलाई संगठित गराउँदै संस्थाको उन्नयनमा टेवा पुर्‍याएबापत पौडेललाई सम्मान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि एवम् बाग्मती प्रदेश सरकारका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा र संस्थाका केन्द्रीय अध्यक्ष नारायण प्रसाद खनालले संस्थाको लोगो अंकित सुनको तक्मा र सम्मान पत्रले पौडेललाई सम्मान गरेका थिए ।

विशेषगरी बाग्मती प्रदेश र कोशी प्रदेशभित्रका घर तथा टोलमा मात्र सीमित रहेका भजन समूहहरुलाई उनले भजन प्रतिष्ठानको छातामुनि आबद्ध गराउनमा ठूलो भुमिका निर्वाह गरेका थिए ।

गायक पौडेल यसअघि राष्ट्रपतिबाट सुप्रवल जनसेवा श्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट बाग्मती प्रादेशिक प्रतिभा पुरस्कार, बाग्मती प्रदेश सरकारबाट कलाकृति मानपदवी एवम् अमेरिकास्थित हेम सरिता पाठक फाउन्डेसनबाट सर्वोत्कृष्ट भ्रष्टाचार विरोधी गीति अन्तर्राष्ट्रिय संगीत पुरस्कारबाट सम्मानित भइसकेका छन् ।

देशैभरिबाट भृकुटीमण्डपमा भेला हुन आएका हजारौं भजन संस्कृतिसँग सम्बन्धित समूहहरुले खैंजडी मजुरा, मृदंग एवम् विभिन्न बाजागाजा र झाँकीसहित काठमाडौंका विभिन्न भागमा परिक्रमा गरेका थिए ।

कार्यक्रममा संस्थाका सल्लाहकार नारायण रायमाझी, दुर्गा रायमाझी, बुढानिलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी, ग्रीनसिटी हस्पिटलका संचालक लोक बहादुर टन्डन, नेपाल पत्रकार महासंघकी सचिव सोनी शर्मालगायत अतिथिहरुको उपस्थिति रहेको थियो । २०६७ सालमा प्रजापती पराजुली संस्थापक रहेर स्थापना गरिएको संस्था नेपालका करिब ५५ जिल्लामा विस्तार भएको छ ।

ADV

सम्बन्धित खबर

Advertise