काठमाडौं : गीतकार प्रकाश स्पर्शको शब्द रहेको नयाँ गीत ‘ढेडु बाँदर’ सार्वजनिक भएको छ । देशको समसामयिक राजनीतिक प्रवृत्तिमाथि व्यंग्य गर्ने यो गीतमा गायक टीकाबहादुर मगरको स्वर रहेको छ भने मोहनकुमार मगरको संगीत छ । गीतलाई सविन लिम्बूले एरेन्ज गरेका हुन् ।
भिडियोको निर्देशन संगीतकार मगरले नै गरेका हुन् । गीतमा पूर्वेली र मध्यनेपालको लोकभाकाको मिश्रण गरिएको छ ।
गीतको भिडियोमा गोपाल ढकाल ‘छन्दे’, प्रकाश स्पर्श, मोहनकुमार मगर, अञ्जली पौडेल, जुना सत्याल र अमृत सागरले अभिनय गरेका छन् । रमेश रम्तेलले खिचेको भिडियोलाई विनोद बमले सम्पादन तथा कलर संयोजन गरेका हुन् ।
गायक टीकाबहादुर मगर भ्वाइस अफ नेपाल सिजन ३ का प्रतिस्पर्धी समेत हुन् । गीत ‘टीकाबहादुर मगर’ युट्युब च्यानलमा रिलिज गरिएको छ ।