२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

आदिल अन्सारीलाई क्रिकेटमा फर्काउने तयारी गर्दै क्यान

ADV
मध्यान्ह
२०८१ असार ९ गते १२:३१
आदिल अन्सारीलाई क्रिकेटमा फर्काउने तयारी गर्दै क्यान

काठमाडौँ । क्यानले पूर्व राष्ट्रिय क्रिकेट अलराउन्डर आदिल अन्सारीलाई क्रिकेटमा फर्काउने तयारी गरेको छ । स्पट फिक्सिङको अभियोगमा सफाइ पाएपछि क्यानले अन्सारीलाई क्रिकेटमा फर्काउने तयारी गरेको हो ।

आदिलसहित ५ जनालाई काठमाडौँमा भएको नेपाल टी-२० लिगमा स्पट फिक्सिङ गरेको आरोप लागेको भए पनि पछि सबैलाई काठमाडौँ जिल्ला अदालतले सफाई दिएको थियो ।

आरोपपछि क्यानसहित क्रिकेटको सर्वोच्च संस्था आइसिसीले अन्सारीलाई अन्तराष्ट्रिय क्रिकेटमा प्रतिबन्ध लगाएको थियो । विस्फोटक ब्याटर आदिल मध्यम गतिका बलर समेत हुन । 

ADVADV

सम्बन्धित खबर

Advertise