२०८१ पुष १४ गते आइतवार / Dec 29 , 2024 , Sunday
२०८१ पुष १४ गते आइतवार
Ads

प्रो सञ्जयको टिमलाई सूर्य नेपाल इस्टर्न ओपन प्रो–एमको उपाधि

ADV
मध्यान्ह
२०८१ पुष १३ गते १९:५३
प्रो सञ्जयको टिमलाई सूर्य नेपाल इस्टर्न ओपन प्रो–एमको उपाधि

धरान : प्रो सञ्जय लामाको टिमले सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गत सूर्य नेपाल इस्टर्न ओपन प्रो–एमको उपाधि जितेको छ । धरान गल्फ क्लबमा भएको प्रतियोगितामा प्रो सञ्जयको टिमले १६७ अंकसहित उपाधि जितेको हो । प्रो सञ्जयले ४१ तथा एमेच्योरहरू भुवनेश लिम्बूले ४३, बिना सापकोटाले ४२ र श्याम लिम्बूले ४१ अंक बनाए ।

नेपाल नम्बर एक प्रो भुवन नगरकोटीको टिम १५९ अंकसहित दोस्रो भयो । भुवनले ३९ अंक बनाउँदा एमेच्योरहरू एसएसपी भीम दाहाल, पूर्णबहादुर राई र बलबहादुर राईले समान ४०/४० अंक बनाए । प्रो निरज तामाङको टिम १५५ अंकसहित तेस्रो भयो । निरजले ३८ अंक जोडे । एमेच्योरहरू दिवस तुलाधर, सिद्धान्त सापकोटा र सुष्मा सिंहले समान ३९÷३९ अंक जोडे ।

महिलातर्फ ४२ अंक जोडेर बिना सापकोटाले उत्कृष्ट खेलाडीको पुरस्कार जितिन् । प्रतियोगितामा होल नम्बर १८ मा सञ्जीव क्षेत्रीले लंगेस्ट ड्राइभ र होल नम्बर १७ मा एसएसपी भीम दाहालले क्लोजेस्ट टु दी पिनको अवार्ड जिते । 

प्रतियोगिताका विजयी खेलाडीहरूलाई नेपाल गल्फ संघका उपाध्यक्ष तिलक राई, कोशी प्रदेश गल्फ संघका उपाध्यक्ष भरत तामाङ र धरान गल्फ क्लबका सचिव देवराज राईले पुरस्कार वितरण गरे । प्रो–एम प्रतियोगितामा १२ प्रो तथा ४८ एमेच्योर गरी कूल ६० खेलाडीले भाग लिएका दिए ।

शुक्रबार सम्पन्न सूर्य नेपाल इस्टर्न ओपनमा निरज तामाङले १७–अन्डर १९३ सहित उपाधि जितेका थिए । उनले शुक्रबहादुर राईको कुल तर्फको रेकर्ड स्कोर बराबरी गर्दै करियरको दोस्रो उपाधि जितेका हुन् । निरजले पहिलो दिन ८–अन्डर ६२ खेल्दै नयाँ कोर्स रेकर्ड बनाए । विष्णुप्रसाद शर्मा ७–अन्डर २०३ स्कोरसहित दोस्रो तथा बलभद्र राई ३–अन्डर २०७ सहित तेस्रो भए । प्रतियोगिताको कूल पुरस्कार राशि ८ लाख ८२ हजार रहेको थियो ।

सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गत चौथो प्रतियोगिता, सूर्य नेपाल वेस्टर्न ओपन महिना पोखरास्थित हिमालयन गल्फ कोर्समा आयोजना हुनेछ ।

ADVADV

सम्बन्धित खबर

Advertise