२०८१ पुष १८ गते बिहिवार / Jan 02 , 2025 , Thursday
२०८१ पुष १८ गते बिहिवार
Ads

स्मार्ट ट्राफिक व्यवस्थापन : चुनौती र सम्भावना

ADV
२०८१ पुष १५ गते ०६:१०
स्मार्ट ट्राफिक व्यवस्थापन : चुनौती र सम्भावना

–शंकरमान सिंह 

ललितपुर महानगरले इन्टेलिजेन्समा आधारित स्मार्ट ट्राफिक लाइट हालै औपचारिक रूपमा संचालनमा ल्याएको छ । महानगरका प्रमुखले पुलचोकस्थित महानगर कार्यालय अगाडिको चोकमा राखिएको लाइटको स्विच अन गरेर उक्त लाइटको उद्घाटन गरेका थिए ।

इन्टेलिजेन्ट प्रणालीमा आधारित यी लाइटले जता धेरै सवारी साधनको संख्या छ, त्यतैतिर हरियो बत्ती बाल्छ । ललितपुर महानगरले कुपण्डोलदेखि जावलाखेलसम्म ५ स्थानमा यस्ता लाइट जडान गरेको छ । पहिलो चरणमा पुल्चोकमा २, कान देवता स्थानमा १, दमकल चोकमा १ र जावलाखेलमा १ गरी ५ वटा लाइट जडान गरिएको छ ।

बताइएअनुसार लाइटसँगै राखिएको भेहिकल डिटेक्टर मेसिनले सडकमा सवारी साधनको संख्या तत्काल रिड गरेर तत्कालै ट्राफिक लाइटको चिप तथा सर्भरलाई जानकारी गराउँछ  । सोही आधारमा सिस्टमले जता धेरै सवारी साधन छन्, त्यतातिर हरियो बत्ती बाल्छ । यो सिस्टम सुरु भएसँगै ललितपुरमा धेरैमा ३०–५० सेकेन्ड मात्र यात्रुले अब पर्खनुपर्ने छ, जसले ट्राफिक व्यवस्थापनमा ठूलो राहत दिलाएको पाइन्छ ।

एआईको सहयोग

जब ट्राफिक कन्ट्रोल यन्त्रहरूलाई बोरिङ हुन सक्ने केही कार्यहरू दिइन्छ, तब त्यसले नतिजा दिन जटिल हुन्छ । यद्यपि, एआईले स्वचालनको प्रक्रियामा ठूलो मद्दत गर्न सक्छ । विभिन्न सेन्सर, ग्राफिकल/अप्टिकल क्यामेराहरूबाट ट्राफिकको प्रवाहलाई सिंक्रोनाइज गर्न सक्छ र थप लेन खोलेर प्रवाहलाई नियमित गर्न सक्छ । एआईले केही सिद्धान्तहरू र वैज्ञानिक मोडलिङको आधारमा तथ्यांकीय तथ्यांकको विश्लेषण गर्छ । 

केही परिस्थितिहरू चाहना वा आवश्यक रूपमा र सन्तुलन कार्य गर्दा केही मानव अपरेटरको इन्पुटहरूअनुसार एआईले व्यवस्थापन गर्न सक्छ । धेरै ठूला शहरहरूमा तिनीहरूले ट्राफिक नियन्त्रण प्रणालीहरू, विभिन्न रेल–लाइन संचालनहरू र अन्य जन–ट्रान्जिट प्रणालीहरू दक्षतापूर्वक संचालन गरेका छन् । 

ट्राफिक लाइट एक प्रकाश उपकरण हो, जुन निश्चित संकेतहरूले दिइएको समयका लागि क्रमिक स्विच अन गर्न डिजाइन गरिएको हुन्छ । ट्राफिक लाइटको काम नियन्त्रक वा कम्प्युटिङ उपकरणद्वारा नियन्त्रित हुन्छ । विशेष रिमोट कन्ट्रोलबाट म्यानुअल रूपमा ट्राफिक लाइटहरू नियन्त्रण गर्न सम्भव छ । 

यद्यपि, अनुभवले देखाउँछ कि नियामकले अनावश्यक रूपमा, विशुद्ध मनोवैज्ञानिक कारणहरूका लागि निश्चित संकेतहरूको अवधि बढाउन सक्छन्, जसले सवारी साधनहरू ढिलाइ गर्छ ।  

व्यस्त सडकको कल्पना गर्नुहोस्, धेरै ट्राफिक ए सडकमा छ भने बी सडकमा कम ट्राफिक छ । यस्तोमा कुन सडकले कति पटक हरियो बत्ती पाउनुपर्छ ? प्रत्येक २ मिनेट, ५ मिनेट, थप वा कम ? यदि बी सडकमा कोही पनि नभएको खण्डमा बत्तीले ए सडकमा केही मिनेटका लागि ट्राफिक रोक्यो भने के हुन्छ ? एक बुद्धिमान व्यवस्थापकले यसलाई सम्बोधन गर्छ । स्वचालितले त्यसलाई सम्बोधन नगर्न सक्छ । म्यानुअल वा कुनै बुद्धिमान एआईको प्रयोग गर्दा यसलाई सम्बोधन हुन सक्छ ।  

ट्राफिक सिग्नलको फाइदा

सही तरिकाले प्रयोग गर्दा ट्राफिक नियन्त्रण संकेतहरू सवारी साधन र पैदल यात्रुका लागि बहुमूल्य उपकरणहरू हुन्छन् । तिनीहरूले ट्राफिक आवागमनलाई सही मार्ग तोक्न सक्षम हुन्छन् ।

अहिलेको सन्दर्भमा एआई जटिल सिस्टमले थप सरलीकृत गराउनेमा दुविधा छैन । सडकमा सहज आवतजावत मात्र भइरहेको हुँदैन, दुर्घटनाको अवस्था पनि निकै कम हुन्छ । यदि त्यो व्यवस्थित छैन भने त्यसले समस्याहरू सिर्जना गर्छ । ट्राफिकलाई थप गन्जागोल मात्र बनाउँदैन, त्यसले आमरूपमा चालक, यात्रु र पैदलयात्रीहरूलाई समेत हैरानी दिलाउँछ । यसले सडकमा दुर्घटनाको तह पनि बढाउँछ । समग्रमा भन्दा शहर निकै अव्यवस्थित र कुरूप हुन पुग्छ । 

आज संसारभरि नै ट्राफिक जाम नियन्त्रणको सवाल महत्त्वपूर्ण बनिरहेको छ । संसारभर नै बढ्दो ट्राफिकलाई व्यवस्थापन गर्न सडकलाई चौडा बनाउने र निजी सवारीलाई प्रोत्साहन नगर्ने नीतिलाई अगाडि बढाइएको पाइन्छ । सँगै नयाँनयाँ प्रविधिको पनि उच्चतम प्रयोग गरिएको छ ।

यद्यपि, नेपालको सन्दर्भमा त्यस्तो अवस्था छैन । सडकमा बाक्लो आवतजावतको अवस्था नभए पनि व्यवस्थापन सही नहुँदा ट्राफिक समस्या छ । विशेषगरी तत्कालका निम्ति मात्र भएका ट्राफिक सिग्नललाई प्रयोग गर्न सके पनि धेरै राहत हुने देखिन्छ । यद्यपि, त्यतातिर जान सकिएको छैन, जसमा एआई जटिल व्यवस्थापन त उच्च कोटीको विषय हो ।

सुझावहरू

नेपालको ट्राफिक व्यवस्थापनमा पनि अन्तर्राष्ट्रिय अनुभवलाई प्रयोग गर्न आवश्यक छ । सडकको चौडाइ, सवारी साधनको अवस्था, हामीसँग भएका जनशक्ति र प्रविधिलाई ध्यान दिई ट्राफिक व्यवस्थापनको मोडल बनाउन आवश्यक छ । 

सडकलाई कसरी व्यवस्थित बनाउने भन्ने सन्दर्भमा राज्यको नीति नै मुख्य कुरा हो । कतिपय देशले आवश्यकताअनुसार सडकमा कस्ता सवारीलाई प्राथमिकता दिने भन्ने पनि मोडल अघि सारेका छन् ।

विशेषगरी जनसंख्याको आधारमा पनि नीतिहरू बनेका पाइन्छ । विश्वका ठूला शहर, जहाँ जनसंख्या धेरै छ, त्यहाँ ठूला सवारी, अझ रेललाई उपयोग गर्ने मोडल प्रयोग गरिएको पाइन्छ । यसले सडक व्यवस्थापनमा ठूलो राहत दिएको छ ।

सँगै बसपार्क र बसको समय तालिका निर्धारण गर्ने विषय पनि महत्त्वपूर्ण देखिन्छ । अर्कातर्फ पैदल यात्रुलाई हिँड्न व्यवस्थित लाइन बनाउन सके पनि त्यसले सवारी साधनको चापलाई घटाउँछ । विशेषगरी आकाशे पुल, जेब्रा क्रसिङ, ट्राफिक बत्ती आदिलाई विशेष ध्यान दिनुपर्छ । 

आज यातायात क्षेत्रमा सिन्डिकेट कायमै छ, जसले नयाँनयाँ प्रविधिलाई निरुत्साहित गरिरहेको छ । अझै पनि कतिपय सडकमा साना सवारी साधनको प्रयोग बढी छ । टेम्पो, माइक्रो, रिक्सा जस्ता साना सवारी साधनले गर्दा सडकमा बढी जाम बनाइरहेका छन् । यसलाई कुन ठाउँमा कसरी प्रयोग गर्ने भन्ने मोडल राज्यसँग हुनुपर्छ । यद्यपि, अहिले सिन्डिकेट सिस्टमले गर्दा राज्यले हस्तक्षेप गर्न सकेको छैन । 

अहिले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनको विषय सबैका लागि पिरलोको विषय बनिरहेको छ । यसले आमरूपमा केन्द्रीय राजधानीलाई बदनाम पनि बनाइरहेको छ, जसको समाधान कसरी गर्ने भन्ने सन्दर्भमा राज्य नीतिगत रूपले प्रवेश गर्नुपर्छ ।

सडकलाई चौडा कति हुने ? कुन सडकमा कस्ता गाडी गुड्ने ? समयअनुसार कस्ता गाडी गुड्ने ? यसमा ट्राफिक व्यवस्थापनको मोडल के हुने ? जस्ता विषयमा राज्य सचेततापूर्वक अगाडि बढ्न आवश्यक छ ।

यद्यपि, यसमा राज्य चुकिरहेको अवस्था छ । यदि हालकै शैलीलाई पछ्याइरहे काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापनको विषय थप चुनौतीपूर्ण बन्नेमा दुविधा छैन ।

ADVADV

सम्बन्धित खबर

Advertise