२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

ठोरी गाउँपालिकाले ल्यायो साढे ४७ करोड अनुमानित बजेट

ADV
लालबाबु बानिया
२०८१ असार ९ गते २२:०६
ठोरी गाउँपालिकाले ल्यायो साढे ४७ करोड अनुमानित बजेट

पर्सा : पर्साको ठोरी गाउँपालिकाको ११ औं गाउँसभा आइतबार सम्पन्न भएको छ । आगामी आर्थिक वर्ष ०८१/८२ को नीति तथा कार्यक्रम र ४७ करोड ५३ लाख ३ हजारको अनुमानित बजेट पास गर्दै पालिकाको सभा सम्पन्न भएको हो । गाउँपालिकाका निमित प्रमुख प्रसाशकीय अधिकृत धर्मराज थापाले पालिकाको नीति तथा कार्यक्रम बजेट प्रस्तुत गरेका थिए । गाउँसभा जिल्ला समन्वय समिति पर्साकी सदस्य सुशिला विकको प्रमुख अतिथ्यमा, ठोरी गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो । 

पालिकाको आगामी बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन प्रवद्र्धन,  खानेपानी, नदी नियन्त्रणलगायतमा जोड दिएको छ । गाउँपालिकाका अध्यक्ष थापाले आगामी दिनमा बजेट कार्यान्वयनको क्रममा स्थानीय राजनीतिकर्मी  र स्थानीय जनसमुदायसँग सहयोग र सहकार्य गरी अगाडि बढ्ने बताए । गाउँसभा कार्यक्रममा उपाध्यक्ष गोकुली रेग्मीले स्वागत मन्तव्य राखेकी थिइन् ।  

सभामा वडाअध्यक्ष धनमान थापा मगर, अमृतकृष्ण सापकोटा, शम्भु खडका, मानबहादुर थिंग, अस्टबहादुर लोपचन, सहित माओवादी, कांग्रेस, एमाले लगायत पार्टीका नेतृत्वहरुले शुभकामना मन्तव्य राखेका थिए । सभाको सञ्चालन हेम चापागाईंले गरेका थिए भने गाउँसभामा, कर्मचारी र स्थानीयहरुको सहभागिता रहेको थियो ।

पर्साको पटेर्वासुगौलीको अनुमानित बजेट ४९ करोड

पर्साको पटेर्वासुगौली गाउँपालिकाको १३ औँ गाउँ सभा आइतबार सम्पन्न भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै सभा सम्पन्न भएको हो । गाउँपालिकाका उपाध्यक्ष ममता महतोले ४९ करोड ११ लाखको अनुमानित बजेट र नीति तथा कार्यक्रम सार्वजनिक प्रस्तुत गरेकी थिइन् ।

संघीय तथा प्रदेश सरकारको वित्तीय सम्मानीकरण अनुदानबाट १० करोड १२ लाख १५ हजार रुपैयाँ, सशर्त अनुदान अन्तर्गत १८ करोड ८ लाख, विशेष अनुदानतर्फ राजस्व बाँडफाँटबाट ९ करोड ६६ लाख ५० हजार, आन्तरिक आयमा २ करोड १५ लाख  सामाजिक सुरक्षातर्फ ९ करोड गरी ४९ करोड ११ लाख रुपैयाँको बजेट विनियोजन गरिएको छ ।

आगामी आर्थिक वर्षमा गाउँपालिकाको प्रशासनिक भवन निर्माण सम्पन्न गर्ने, आँखा अस्पताल निर्माण लगायतका ठूला योजनाहरुमा लगानी गरिने कार्यक्रम बजेटले समेटेको छ । त्यस्तै, बजेटले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन विकास, भौतिक निर्माण तथा स्थानीय कला संस्कृतिको विकास एवं संरक्षण गर्ने योजनाहरुमा विशेष जोड दिएका छन् ।

गाउँपालिका अध्यक्ष दिनेशकुमार चौधरीको अध्यक्षतामा भएको गाउँ सभाको प्रमुख अतिथि समाजसेवी परमेश्वर गौरो रहेका थिए । कार्यक्रममा वडाअध्यक्ष माधव राउत, बिजय गैरे, बासु पंजियार, फरमान मियाँ, बिपिन मुखिया, लगायत कार्यपालिका सदस्य, गाउँपालिका सदस्य, कर्मचारी, लगायतको सहभागिता रहेको थियो । सभाको सञ्चालन शिक्षा विभाग प्रमुख शम्भु साहले गरेका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise