भिम प्रसाद शर्मा/मध्यान्ह
सुर्खेत : जिल्ला प्रहरी कार्यालय सुर्खेतको थुनुवा कक्षबाट भागेका तीन जना थुनुवा पुन: पक्राउ परेका छन् । उनीहरू कारागारको भ्यान्टिलेसन फोडेर भागेको प्रहरीले बताएको छ । थुनुवा राति नै फरार भएपनि सुरक्षार्थ खटिएका प्रहरीले भने बिहीबार बिहान ७ बजे मात्र थाहा पाएका थिए ।
थुनुवा घरको पछाडिको भ्यान्टिलेसन फोडेर भागेका तीनै जना लागुऔषध मुद्दामा पक्राउ परेकाहरू हुन् । भागेकाहरुमा सुर्खेत , वीरेन्द्रनगर ६ का २६ वर्षीय रोशनराज रेग्मी, २० वर्षीय सुनिल थारु र भेरीगंगा नगरपालिकाका २१ वर्षीय सन्देश कशेरा थिए ।
प्रहरीको तीब्र खोजिका कारण भागेका तिनै जना मध्ये सन्देश कसेरा सुर्खेतको बिरेन्द्रनगरपालिका वडा न. १० को सुब्बा कुनाबाट र रोशनराज रेग्मी र सुनिल थारु बिरेन्द्रनगरपालिका वडा न ६ को न्युरोडबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारीसमेत रहेका प्रहरी निरीक्षक गोपाल रायमाझीले बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies