२०८१ पुष २३ गते मङ्गलवार / Jan 07 , 2025 , Tuesday
२०८१ पुष २३ गते मङ्गलवार
Ads

भन्सार छलीको सामान बोक्ने अटो रिक्सा प्रहरी नियन्त्रणमा 

ADV
मध्यान्ह
२०८१ पुष २२ गते ११:३८
भन्सार छलीको सामान बोक्ने अटो रिक्सा प्रहरी नियन्त्रणमा 

गौरः रौतहटको यमुनामाइ गाउँपालिकाको बमनहर चोकबाट प्रहरीले भन्सार छली गरेर ल्याएको चिनी र कपडा बरामद गरेको छ । भारतबाट अवैध रुपमा नेपाल ल्याएर विभिन्न सवारीमार्फत लैजान लागेको अवस्थामा प्रहरीले बरामद गरेको हो । 

जिल्ला प्रहरी कार्यलय रौतहटका प्रहरी निरीक्षक राम कुमार महतोका अनुसार यमुनामाइ गाउँपालिका वडा नम्बर ४ बमनहर चोकमा सवारी चेकजाँच गर्ने क्रममा बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यलय र मातहत बाट खटिएको टोलिले विभिन्न सवारी र पैदल यात्री लाई चेकजाँच गर्ने क्रममा फेला परेको उनले जानकारी दिए ।

प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा ना १ ह ७२०८ को अटो रिक्साबाट एक लाख ३७ हजार ५ सय २१ रुपैयाँ बराबरको चिनी र कपडा बरामद गरेको उनले बताए । अटो रिक्साको मूल्याङ्कन २ लाख गरि तिन लाख ३७ हजार ५ सय २१ रुपैयाँ कायम गरी गौर भन्सार कार्यालयमा बुझाइएको रौतहटका प्रहरी निरीक्षक महतोले बताए  पछिल्लो समयमा भारतसँग सिमा जोडिएको रौतहटमा विभिन्न नाकाबाट अवैध रुपमा विभिन्न सामनहरु तस्करी हुने गरेको छ । 

भारतीय बजारको विभिन्न सामाग्री बिना भन्सार रौतहटको चन्द्रपुर, कटहरिया, गरुडा पुग्ने गरेको केही व्यापारीले बताएका छन् । विभिन्न नाकाबाट तस्करीको माध्यमबाट नेपालमा सामन भित्रिन थालेपछि सरकारको राजस्वमा समेत प्रभावित हुँदै आएको छ । लक्ष्मीपुर बेलबिछवा, महादेव पट्टी, टिकुलिया बाँध, लालबकैया, बन्जरहा, औरैया, मठिया, डुमरिया परोहा, राजपुर, बंकुल र नरकटिया भएर तस्करहरूले विभिन्न सामाग्री तस्कर गर्ने गरेको पाइन्छ । लताकपडा, श्रृंगारका सामन, इलोक्ट्रोनिक्स उपकरण र खद्यान्न लगायतका सामनहरुको तस्करी समेत बढेपछि रौतहट प्रहरीको टोलीले सिमावर्ती क्षेत्रमा निगरानी बढाएको छ । 
 

ADVADV

सम्बन्धित खबर

Advertise