२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

नक्कली इन्सपेक्टर बनी ठगी गर्ने व्यक्तिहरु पक्राउ 

shivam cement
२०८१ पुष २२ गते १८:४४
Shares
नक्कली इन्सपेक्टर बनी ठगी गर्ने व्यक्तिहरु पक्राउ 

काठमाडौंः प्रहरीको नक्कली इन्सपेक्टर बनी ठगी कार्यमा संलग्न व्यक्तिहरु पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा सप्तरी, कडक नगरपालिका वडा नम्बर १० घर भएका ३८ बर्षीय सुदीप थापा र काठमाडौं महानगरपालिका वडा नम्बर ३२ कोटेश्वर बस्दै आएका ४४ बर्षीय किशोर कुमार रहेका छन् । 

नेपाल प्रहरीको प्रहरी निरीक्षकको पेशाको दुरुपयोग गरी नक्कली प्रहरी परिचयपत्र, विशेष बढुवा सिफारिस सूची प्रकाशित गरिएको पत्र, प्रहरी निरीक्षकको युनिफर्म लगाएको फोटो समेत खिचि विभिन्न उच्च पदस्थ व्यक्तिहरुसँग सम्पर्क रहेको भनी प्रलोभनमा पारी वैदेशिक रोजगारको लागि क्यानडा, अष्ट्रेलिया लगायतका देशमा पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिहरुलाई ठगी गरेको भन्ने गोप्य सूचनाको आधारमा टेकु कार्यालयबाट खटीएको प्रहरी टोलीले कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ थापाचोकबाट पक्राउ गरेको हो । 

उक्त ठगी कार्यमा संलग्न सुदीप थापा र किशोर कुमार चौधरी समेत २ जनालाई नियन्त्रणमा लिइ ठगी तथा लिखित सम्बन्धी कसूर (किर्ते) मुद्दामा थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाईएको छ । 
 

सम्बन्धित खबर