उदयपुर : उदयपुरमा ट्याक्टरले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । सोमबार गाईघाट बजारको मेनचोक नजिक स.१ त ७८ २१ नम्बरको ट्याक्टरले प्रदेश १–०५–००१ प ७६८४ नम्वरको स्कुटरलाई सोही दिशामा पछाडिबाट ठक्कर दिएको हो ।
स्कुटर चालक रौतामाई गाउँपालिका वडा नं ७ मुर्कुर्चीका ४० वर्षीय बासु खड्काको मृृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
दुर्घटनामा घाइते खड्कालाई जिल्ला अस्पताल उदयपुमा उपचारको लागि लगिएकोमा अस्पतालले मृत घोषणा गरेको थियो । ठक्कर दिने ट्याक्टर र चालक त्रियुगा नगरपालिका ४ निवासी क्रान्ति चौधरीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।