२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

पोखरा मोटो–ईन्डुरो क्रस च्याम्पियनसिपका नाममा ठगी, दुई जना पक्राउ

shivam cement
२०८१ पुष २३ गते १०:५६
Shares
पोखरा मोटो–ईन्डुरो क्रस च्याम्पियनसिपका नाममा ठगी, दुई जना पक्राउ

पोखराः पोखरा महानगरपालिका वडा नम्बर २३ स्थित बाम्दीमा संचालित ‘पोखरा मोटो–ईन्डुरो क्रस च्याम्पियनसीप–२०२४’को नाममा ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पोखरा राईडर्स क्लबका अध्यक्ष सोनिक क्षेत्री समेत दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । 

गएको वर्ष चैत २३ र २४ गते बाम्दिमा संचालित उक्त च्याम्पियनसिपमा प्रथम भएको समूहलाई पुरस्कार बापतको एक लाख ५० हजार रुपैयाँ नदिएको आरोपमा प्रहरीले पोखरा महानगरपालिका वडा नम्बर ५ प्रस्याङ निवासी बस्ने वर्ष २९ को क्षेत्रीको साथमा उक्त च्याम्पियनशिपका संचालक तथा निर्देशकअछामको सिउडी गाउँपालिका वडा नम्बर १ स्थायी वतन भइ हाल पोखरा ६ जरेबर बस्ने वर्ष ३१ को जगत डोलीलाई पनि पक्राउ गरिएको प्रहरीले बताएको छ ।

पोखराको लेकसाइडबाट पक्राउ परेका उनीहरुबिरुद्ध कास्की जिल्ला अदालतबाट ठगी सम्बन्धी कसूरमा सात दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ । उनीहरुले उक्त च्याम्पियनशिप्मा सहभागी हुन समूह दर्ता शुल्क बापत १७ हजार रुपैयाँ लिएको भएपनि च्याम्पियनलाई दिनुपर्ने एक लाख ५० हजार पुर्याइ नदिएको र पैसा दिनुको सट्टा लुकिछिपी हिडेपछि प्रहरीमा उजुरी परेको हाे।
 

सम्बन्धित खबर