२०८१ पुष २५ गते बिहिवार / Jan 09 , 2025 , Thursday
२०८१ पुष २५ गते बिहिवार
Ads

विभिन्न मुद्दाका २० जना फरार प्रतिवादी पक्राउ 

ADV
मध्यान्ह
२०८१ पुष २४ गते १६:१६
विभिन्न मुद्दाका २० जना फरार प्रतिवादी पक्राउ 

रौतहटः रौतहट प्रहरीले अदालतबाट  कैद तथा जरिवाना सजाय तोकिएका विभिन्न मुद्दाका २० जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलय तथा मातहतबाट खटिएको टोलिले खोज तलास गरि पक्राउ गरेको हो । रौतहट प्रहरी निरीक्षक राम कुमार महतोका अनुसार यही पुस २३ गते अदालतको फैसला कार्यान्वयन अन्तर्गत फरार प्रतिवादीलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि रौतहट जिल्ला अदालतमा पठाइएको छ । 

पक्राउ पर्नेमा जालसाजी मुद्दाका अभियुक्त धेरै रहेको उनले जानकारी दिए । जालसाजी मुद्दामा हुलास दास तत्मा, दीपलाल दास, जयलाल दास तत्मा, अखिलेन्द्र कुमार, सुखलाल महरा, फेकु महरा चमार, प्रेमचन्द्र महरा चमार, दशरथ दास तत्मा, शिव दास तत्मा, सुनरपतिया तात्मिनी र बिजयदास तत्मा रहेको उनले बताए । लेनदेन मुद्दाका आरोपी राम प्रवेश साह तेलि र राज कुमार साहलाइ पक्राउ गरिएको प्रहरी निरीक्षक महतोले जानकारी दिए । 

कुटपिटमा बेनी राय, टैट राय, चोरीमा हरि शंकर राय यादव, चोरी तथा डाँकामा हरि शंकर राय यादव, सवारी ज्यान मा जितेन्द्र प्रसाद जयसवाल र बिगोमा गौरी शंकर साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ । उनीहरुसँग कैद तथा जरिवाना सजाय तोकिएको रौतहट प्रहरीले जानकारी दिएको छ ।
 

ADVADV

सम्बन्धित खबर

Advertise