२०८१ पुष २६ गते शुक्रवार / Jan 10 , 2025 , Friday
२०८१ पुष २६ गते शुक्रवार
Ads

एमाले महासचिव पोखरेलले पनि भने–लोकप्रिय मत ल्याउने दलले ५ वर्ष सरकार चलाउन पाउनुपर्छ

ADV
मध्यान्ह
२०८१ पुष २५ गते १७:१६
एमाले महासचिव पोखरेलले पनि भने–लोकप्रिय मत ल्याउने दलले ५ वर्ष सरकार चलाउन पाउनुपर्छ

काठमाडौं : एमालेका महासचिव शंकर पोखरेलले पनि निर्वाचनमा लोकप्रिय मत ल्याउने दलले ५ वर्ष सरकार चलाउन पाउनुपर्ने बताएका छन् । 

पार्टीको भातृ संगठन अनेरास्ववियुले स्ववियु निर्वाचनको सन्दर्भमा पार्टी मूख्यालय च्यासलमा गरेको कार्यशालामा बोल्दै उनले राजनीतिक स्थिरताका लागि ५ वर्ष एउटै दलले शासन गर्न पाउनुपर्ने बताएका हुन् ।

‘निर्वाचनका माध्यमबाट चाहे कांग्रेसले,चाहे एमालेले वा जसले लोकप्रिय मत प्राप्त गर्छ, ५ वर्षसम्म त्यसैले शासन गर्न पाउनुपर्दछ । सानातिनाको भारी बोकेर देशलाई अस्थिर बनाउने कुरा अब सोझै अन्त्य हुनुपर्दछ भन्ने मान्यताका आधारमा हामीले राजनीतिक स्थायित्वतर्फ अगाडि बढ्न मिलेका छौं’ उनले भने ।

यसअघि सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि सोही प्रस्ताव राखेका थिए । केही दिन अघि पोखरामा आयोजित एक कार्यक्रममा महामन्त्री थापाले संविधान संशोधन गर्दा निर्वाचनमा लोकप्रिय मत ल्याउने दललाई ५ वर्ष नै सरकारको नेतृत्व दिनुपर्ने प्रस्ताव गरेका थिए । तर, कांग्रेसका दुई महामन्त्रीको प्रस्तावप्रति कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले भने प्रतिवाद गरेका छन् । गत मंगलबार एक कार्यक्रममा बोल्दै रिजालले प्रत्यक्ष निर्वाचित कार्यकारी र सबैभन्दा धेरै मत पाउने पार्टीले ५ वर्ष निरन्तर सत्ता चलाउन पाउनुपर्ने जस्तो प्रस्ताव स्वीकार गर्न नसकिने बताएका थिए ।


 

ADVADV

सम्बन्धित खबर

Advertise