२०८३ कार्तिक ७ गते शनिवार / Oct 24 , 2026 , Saturday
२०८३ कार्तिक ७ गते शनिवार

युके पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

Nada
२०८१ पुष २६ गते १३:०४
Shares
युके पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौंः वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दोलखा वैतेश्वर गाउँपालिका–३ घर भइ काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–८ बस्ने २४ वर्षीय रामकृष्ण दाहाललाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 

ncell

रामकृष्णले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३१ लाख ५० हजार रूपैयाँ लिइ सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–८ बाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ ।

ताजा खबर

सम्बन्धित खबर