काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् । शुक्रबार बिहान भएको दुई नेता बीचको भेटवार्तामा समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल भएको छ ।
भेटमा प्रधानमन्त्री ओलीले सहमतिको आधारमा संविधान संशोधन गर्न सरकार प्रतिबद्ध रहेको जानकारी गराएको थापाको सचिवालयले जनाएको छ । भेटमा थापाले २०८७ मा संविधान संशोधनबारे राखेको जिज्ञासालाई स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले यस्तो जानकारी गराएका हुन् ।
संसदमा रहेका कतिपय दलहरूले संविधान संशोधन गर्न नदिने बताइरहेको सन्दर्भमा सहमति बनाउन समय लाग्ने देखिएको र त्यस्तो अवस्थामा संशोधन प्रक्रिया पछि धकेलिन सकिने धारणा प्रधानमन्त्री ओलीले राखेको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार पछिल्लो समय देश गम्भीर संकटबाट गुज्रिरहेको बारे थापाले प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका थिए ।