पोखराः पोखरामा मोटरसाइकल तथा स्कुटर चोरी गर्ने कार्यमा संलग्न ३ जनालाई वडा प्रहरी कार्यालय बैदाम पोखराले पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका वडा नम्बर ११ बस्ने वर्ष २६ को सन्तोष लामिछाने र कास्कीको मादी गाउँपालिका वडा नम्बर ३ घर भइ हाल पोखरा १५ बस्ने वर्ष २७ को किरन परियार र नवलपरासीको पश्चिम सुस्ता गाँउपालिका वडा नम्बर ५ बस्ने वर्ष ३० को प्रहलाद कोहारलाई पोखरामा स्कुटर चोरी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका ३ जनामध्ये लामिछाने र परियारले गएको पुष ९ गते मध्यराति पोखराको पृथ्वीचोकमा पार्किङ गरी राखेको ग २५ प ७१३ नम्बर र ग १८ प २७३७ नम्बरको स्कुटर चोरी गरेकोमा ग १८ प २७३७ नम्बरको स्कुटर कोहारले किनेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी सन्तोष निरौलाले जानकारी दिए ।
पोखराको पृथ्वीचोकबाट चोरी भएको दुई वटा स्कुटर खोजतलाश गर्ने क्रममा अभियुक्तद्वय लामिछाने र परियार पक्राउ परेकोमा उनीहरुले आफूहरुले चोरी गरेको स्कुटर कोहारलाई बेचेको प्रहरी समक्ष बयान दिएका छन् ।
उनीहरुको बयानका आधारमा कोहारलाई ग १८ प २७३७ नम्बरको स्कुटरसहित नवलपरासीबाट पक्राउ गरेर ल्याइएको डिएसपी निरौलाले बताए । उनीहरु ३ै जनाविरुद्ध कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाईएको प्रहरीले जनाएको छ ।