२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

अपहरण तथा शरीर बन्धक मुद्दाका फरार प्रतिवादी पक्राउ

shivam cement
२०८१ माघ २ गते १७:२८
Shares
अपहरण तथा शरीर बन्धक मुद्दाका फरार प्रतिवादी पक्राउ

रौतहटः अपहरण तथा शरीर बन्धक मुद्दाका फरार प्रतिवादी भारत बिहार सीतामाढी बसबिट्टा बस्ने २२ वर्षीय सुधीर कोईरीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

रौतहट परोहा नगरपालिका–२ तेजापाकड बस्ने ३० वर्षीय हिरामन महतोलाई २०८० वैशाख ९ गते माधव नारायण नगरपालिका–६ माधोपुरबाट अपहरण गरी भारतमा लगी शरीर बन्धक बनाइ निजको परिवारसँग फिरौती माग गरेको घटनामा संलग्न रही फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय रौतहटले जिल्ला प्रहरी कार्यालय सर्लाहीसँगको समन्वयमा सर्लाहीको सीमा नाकाबाट पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर