२०८२ वैशाख २७ गते शनिवार / May 10 , 2025 , Saturday
२०८२ वैशाख २७ गते शनिवार
Ads

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

मध्यान्ह
२०८१ माघ ६ गते १२:१८
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

झापाः १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ताप्लेजुङ पाथीभरा याङवरक गाउँपालिका–६ थुम्वेदिन बस्ने ५२ वर्षीय कुमार राईलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

कुमारले ती किशोरीलाई हल्दिबारी गाउँपालिका–४ स्थित मेची पोल्ट्री फर्मको कोठाभित्र जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी हल्दिबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर