२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

नेपालका राष्ट्रपति र प्रधानमन्त्रीले दिए अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई

Nada
२०८१ माघ ८ गते १०:५१
Shares
नेपालका राष्ट्रपति र प्रधानमन्त्रीले दिए अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड जे ट्रम्पलाई बधाई तथा शुभकामना दिएका छन् ।

ncell

राष्ट्रपति पौडेलले आज सामाजिक सञ्जाल ट्विटरमार्फत राष्ट्रपति ट्रम्पलाई अमेरिकाको ४७औँ राष्ट्रपतिका रूपमा कार्यभार ग्रहण र सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका हुन् ।

साथै राष्ट्रपति पौडेलले नेपाल र अमेरिकाबीच कायम रहेको सौहार्दपूर्ण सम्बन्ध आगामी दिनहरूमा अझ प्रगाढ र विस्तार हुँदै जाने विश्वास व्यक्त गरेका छन् । 

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन्।

उनले सोमबार राति ट्विटरमार्फत अमेरिकाको ४७औँ राष्ट्रपति पद सम्हालेकोमा ट्रम्पलाई सफल कार्यकालका लागि शुभकामना दिएका हुन् ।

उनले लेखेका छन्, ‘नेपाल र अमेरिकाबीच ७५ वर्षभन्दा लामो मैत्रीपूर्ण सम्बन्ध रहेको छ। हाम्रो साझेदारीलाई अझ सुदृढ बनाउन म प्रतीक्षारत छु।’

प्रधानमन्त्री ओलीले नेपाल र अमेरिकाबीच ७५ वर्षभन्दा लामो मैत्रीपूर्ण सम्बन्ध रहेको उल्लेख गर्दै दुई देशको साझेदारीलाई अझ सुदृढ बनाउन आफू तत्पर रहेको बताएका छन् ।

ताजा खबर

सम्बन्धित खबर