२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

ओली सरकार छिट्टै ढल्छ : अध्यक्ष प्रचण्ड

Nada
२०८१ माघ ८ गते १६:४१
Shares
ओली सरकार छिट्टै ढल्छ : अध्यक्ष प्रचण्ड

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओली सरकारले छिट्टै ढल्ने दाबी गरेका छन् । अध्यक्ष प्रचण्डले अहिले आफूहरू जनतासँग जोडिएर संगठन विस्तारमा लागेकाले माओवादीको प्राथमिकतामा सरकारमा नभएको बताए ।

ncell

गृहजिल्ला चितवनको भरतपुर विमानस्थलमा मंगलबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले भने, ‘यो सरकार धेरै जान्छ भन्ने हामीलाई लाग्दैन । यो प्रस्ट भन्दै आएको छु, प्राकृतिक छैन, स्वाभाविक छैन, पारदर्शी पनि छैन ।’

देशैभरि स्थिरता, विकास र न्याय दिने पार्टी माओवादी केन्द्र नै हो भन्ने जनतामा महसुस हुन थालेको दाबी गर्दै भने, ‘म अहिले देशको विभिन्न भागमा दौडिरहेको छु, ठूलो संख्यामा हामीसँग जोडिने लहर आउँदै गरेको महसुस गरेको छु ।’

अध्यक्ष प्रचण्डले वर्तमान सरकारले गरेको कामहरू पनि उल्टोपाल्टो रहेको र अध्यादेश ल्याएर लाजमर्दो गरी शासन गर्न खोजेको भन्दै आक्रोश पोखे । 

सरकार बनेदेखि नै संविधान र लोकतन्त्रको भावनाविरुद्ध काम भइरहेको उनले बताए ।
 

ताजा खबर

सम्बन्धित खबर