काठमाडौँ : नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को अध्यक्षका लागि ६ जनाको उम्मेदवारी परेको छ ।
अनलाइन प्रणालीबाट दर्ता भएको मनोनयनअनुसार अध्यक्षमा उपदेशकुमार यादव, सुदिन पौडेल, हेमन्त राई, विजयप्रकाश शर्मा, विश्वमणि थापा र योगेन्द्र बुढाले उम्मेदवारी दिएका हुन् ।
६ जना उम्मेदवारमा यादव पौडेल र बुढा ३१ वर्षका हुन् भने शर्मा र थापा ३० र राई २९ वर्षका हुन् । अध्यक्षमा उम्मेदवारी दिएका ६ जना नै यसअघि उपमहासचिव थिए ।
अर्को कार्यकारी पद महासचिवमा १० जनाको उम्मेदवारी दर्ता भएको छ । जसमा पदमप्रसाद काफ्ले, प्रतीक कार्की, श्याम रोक्का, रोशन थापामगर, रोशन खड्का, गोविन्द बानिया, सञ्जीव फुयाँल, तिर्सना हमाल, शिव बस्नेत र सञ्जयकुमार महतो छन् ।
क्रान्तिकारीमा मुख्य दाबेदार मानिएका ३ जनामध्ये यादव वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ नजिक मानिन्छन् । त्यस्तै पौडेल उपमहासचिव वर्षमान पुन तथा राई अर्का महासचिव जनार्दन शर्मा निकटका हुन् ।
यस्तै अर्को कार्यकारी पद कोषाध्यक्षमा ५ जनाको उम्मेदवारी परेको छ । जसमा पारूँ चौलागाईँ, शिव श्रेष्ठ, महेन्द्र चन्द, गगन भट्टराई र फूलमाया रानामगर रहेका छन् । ९ पद रहेको उपमहासचिवमा ३० जनाको उम्मेदवारी परेको छ ।