सुर्खेत : कर्णालीमा पहिलो पटक युवा महोत्सव हुँदैछ । ११ र १२ माघमा प्रदेश राजधानी वीरेन्द्रनगरमा महोत्सवको आयोजना गरिन लागिएको हो ।
परिवर्तनका लागि युवा, राष्ट्र निर्माण मञ्च नेपाल र राष्ट्रिय युवा परिषद्को संयुक्त आयोजनामा महोत्व हुन लागेको हो । २ दिनसम्म चल्ने महोत्सवको उद्देश्य युवाहरूमा आशा जार्गित गर्नु रहेको कार्यक्रमका संयोजक हिमाल विष्टले बताए ।
कार्यक्रमका प्रमुख सल्लाहकार भुपेन्द्रजंग शाहीले महोत्सवले कर्णालीका युवा सशक्तीकरणमा टेवा पु¥याउने बताए । महोत्वसमा स्थानीय, कला, संस्कृतिको संरक्षण, सामाजिक, आर्थिक विकास, उद्यमशीलता, युवा नवप्रवर्तन र कला सीप, युवाका सम्भावना, युवा प्रतिभा प्रस्तुति लगायतका विभिन्न कुरामा केन्द्रित रहने छ ।
युवाका विचार, सम्भावना र युवालाई सकारात्मक सन्देश प्रवाह गर्न महोत्सव गर्न लागिएको सल्लाहकार शाहीले बताए । कार्यक्रममा ३ देखि ५ हजार युवा आउने बताइएको छ। कार्यक्रममा कर्णाली प्रदेशदेखि देशलाई विशिष्ट योगदान गरेका युवा व्यक्तित्व, सामाजिक व्यक्तित्व लगायत स्थानीय कर्णालीका प्रतिभाशाली युवाहरूको उपस्थिति रहने छन् ।