रौतहट : रौतहटमा भन्सार छलेर ल्याइएका समानहरु प्रहरीले बरामद गरेको छ । गत माघ ७ गते बेलुका इलाका प्रहरी कार्यालय राजपुर रौतहटबाट खटिएको टोलीले समानहरु बरामद गरेको हो ।
जिल्लाको ईशनाथ नगरपालिका वडा नम्बर ८ मंन्सरी टोलस्थित विभिन्न सवारी साधनलाई रोकी चेकजाँच गर्ने क्रममा बिआर ०६ बिभि ९४१३ र बिआर ३० बि ७८५६ नम्बरको मोटरसाइकलमा अवैध रुपमा भारतबाट भन्सार छलेर ल्याइएका सामानहरु बरामद गरिएको प्रहरीले जनाएको छ ।
बरामद भएका समानहरुको अन्दाजी मूल्य ४ हजार ८ सय बराबरको रहेको प्रहरीले जनाएकाे छ । त्यसमध्ये ६ बोरा मल रहेको इलाका प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दिपक कुमार रायले बताए ।
नियन्त्रणमा लिएको समान आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले बताएको छ ।