२०८१ माघ ११ गते शुक्रवार / Jan 24 , 2025 , Friday
२०८१ माघ ११ गते शुक्रवार
Ads

शीतलहरको मारमा मुसहर बस्ती

hardik ivf
लक्ष्मण यादव
२०८१ माघ १० गते २१:११
शीतलहरको मारमा मुसहर बस्ती

सर्लाही : तराईका जिल्लाहरुमा शीतलहर शुरु भएसँगै सर्लाहीको बसबरिया गाउँपालिका–३, भवानीपुरका गरिब, दलित मुसहर बस्तीका बासिन्दाको जनजीवन बढी प्रभावित बनेको छ ।  

यस क्षेत्रका मुसहर समुदायमा शीतलहर बढ्दै जान ओढ्ने कपडाको अभाव भएको छ । अहिले शीतलहरका कारण आगोको घूर तापेर रात काट्न बाध्य हुनुपरेको स्थानीय दुखिया माझीले बताए । उनले भने, ‘हामीहरु ४५ घर माझी छौं । हाम्रो जग्गा पनि छैन । एलानी जग्गामा घाँसले बारेर फुसको छानो भएको झुप्रोमा बसोबास गर्दै आएका छौँ, अहिले शीतलहर र चिसो शुरु भएपछि गतिलो ओढ्ने, ओछ्याउने समेत नहुँदा घरपरिवार बिजोग भएर रात काट्नु परेको छ ।’

यहाँका मुसहर जातिहरु लामो समयदेखि सानो फुसको छानो र काँसको घाँसले बारेको झुप्रोमा बसोबास गर्दै आएका छन् । अधिकांश परिवार पराल ओछ्याएर भुइँमा नै सुत्ने गरेको उनीहरुको भनाइ छ । बल्लतल्ल जोडजाम गरेको एक जोर कम्बलले सबै परिवारलाई ओढ्न नपुगेपछि रातिको समयमा घरछेउमा आगोको घुर बालेर रात काट्न शुरु गरेको ५० वर्षीय लक्ष्मीनिया माझीले बताइन् ।

दिनभरि अर्काको ज्याला मजदुरी गरेर परिवार पाल्नुपर्ने अवस्था रहेको र आर्थिक अभावकै कारण ओढ्न, ओछ्याउने कपडाको व्यवस्था गर्न नसकिएको शुकराम माझीले बताए । 

उनका अनुसार ६ वर्षअगाडि जनता आवास कार्यक्रमबाट सानो पक्की घर बनाइदिएको छ । तर ओढ्ने कपडा व्यवस्थापन गर्न नसक्दा चिसोको समयमा पीडा सहनु परेको छ । 

यहाँ झण्डै ४५ घर बढी मुसहर समुदाय बसोबास गर्दै आएपनि २० प्रतिशत मुसहरसँग मात्र ओढ्ने ओछ्याउने छ । बाँकी ८० प्रतिशतको घरमा ओढ्ने र ओछ्याउनेको अभाव रहेको स्थानीय दलित महिला वडा सदस्य सीता देवी माझीले बताइन् । कसैले वा कुनै संघसंस्थाले दान सहयोग ग¥यो भने यसपटकको चिसो र शीतलहर छल्न सकिने, नत्र शीतलहर र चिसोमै बस्न बाध्य हुने उनीहरुले बताएका छन् । 

ADVADV

सम्बन्धित खबर

Advertise