२०८१ माघ ११ गते शुक्रवार / Jan 24 , 2025 , Friday
२०८१ माघ ११ गते शुक्रवार
Ads

श्रीरामको प्राण प्रतिष्ठा : सीमापारी कलश यात्रा, नेपालगन्जमा भण्डारा

hardik ivf
मध्यान्ह
२०८१ माघ १० गते २२:०५
श्रीरामको प्राण प्रतिष्ठा : सीमापारी कलश यात्रा, नेपालगन्जमा भण्डारा

नेपालगन्ज : नेपाल–भारत सीमानासँग जोडिएको बाँकेको सीमावर्ती क्षेत्र नगर पञ्चायत रुपइडिहामा श्रीरामको प्राण प्रतिष्ठा महोत्सवको वर्ष दिन पूरा भएको अवसरमा हर्षोल्लासका साथ भव्य कलश यात्रा निकालिएको छ । 

श्रीरामको प्राण प्रतिष्ठा भएको प्रथम वार्षिकोत्सवको अवसरमा छिमेकी मित्रराष्ट्र भारतभर महोत्सवको रुपमा मनाइएको हो । सो अवसरमा नेपालगन्जमा पनि मिष्ठान्न वितरण गर्नुका साथै भण्डारा (सामूहिक भोज) गरिएको थियो । विश्वभरका हिन्दू धर्मावलम्वीहरुले आदर्श पुरुषको रुपमा प्राचीन कालदेखि सम्मान गर्दै आएको भगवान श्रीरामको धेरै वर्षको विवाद पछि उच्च अदालतको आदेश पश्चत् गत वर्ष जनवरी २२ तारिखका दिन रामको जन्मभूमि भारत उत्तर प्रदेशको अयोध्यामा प्राण प्रतिष्ठा गरिएको थियो । उक्त घटना विश्वभर चर्चित रहेको थियो ।

रुपइडिहा पत्रकार संघका संरक्षक शेरसिंह कशौधनका अनुसार सनातन हिन्दू धर्मावलम्वहरुबीच लोकप्रिय तथा संघ प्रचारक सर्वेश, राजेन्द्र कुमार सिंह र राजुको नेतृत्वमा आयोजना गरिएको तथा भारत पेट्रोल पम्पबाट निकालिएको उक्त प्राण प्रतिष्ठा महोत्सवको कलश यात्रामा हजारौं हिन्दू धर्मावलम्वीहरुको सहभागिता भएको थियो । कलश यात्राका सहभागीहरुले भजन कीर्तन गाजा बाजाका साथ रुपइडिहा नगर परिक्रमा गरेका थिए । 

कलश यात्रामा रुपइडिहा पत्रकार संघका संरक्षक शेरसिंह कशौधन, नगर पञ्चायत रुपइडिहा अध्यक्ष डा.उमाशंकर वैश्य र अध्यक्ष प्रतिनिधि डा.अश्विनी वैश्य,  रुपइडिहा आदर्श थानाका प्रभारी इन्स्पेक्टर दद्दन सिंहले आफ्नो प्रहरी बलसहित सहभागी थिए ।

त्यसैगरी पूर्व ब्लक प्रमुख तेज प्रसाद वर्मा, सिंह भैया, कन्हैया वर्मा, सुरेश वर्मा, उमाशंकर विश्वकर्मा, राजकुमार शर्माको सहभागिता थियो । कलश यात्रामा नगरवासीहरुले  पुष्प वर्षा गरेका थिए । श्रीराम, सीता र लक्ष्मण बनाएर सिंगारेर रथमा विराजमान गराइएको प्राण प्रतिष्ठा महोत्सव कलश यात्रा भारत पेट्रोल पम्पबाट शुरु भएर सरस्वती शिशु विद्या मन्दिर हुँदै रामलीला चौराहा, बजाज बजार, आजाद नगर हुँदै आदर्श नगर प्रहरी चौकी नेपालगन्ज सिमानामा पुगेर समापन गरिएको थियो । 

श्रीहनुमान मन्दिरमा राम आरती र बजरंगबली आरती गरेर नगर परिक्रमा गर्दा भारत माता र जय जय श्रीरामको नारा लगाइएको थियो । 

ADVADV

सम्बन्धित खबर

Advertise