२०८१ माघ १४ गते सोमवार / Jan 27 , 2025 , Monday
२०८१ माघ १४ गते सोमवार
Ads

गण्डकीलाई बालविवाहमुक्त प्रदेश बनाउने मुख्यमन्त्रीले गरे प्रतीज्ञा

hardik ivf
मध्यान्ह
२०८१ माघ १२ गते १९:०६
गण्डकीलाई बालविवाहमुक्त प्रदेश बनाउने मुख्यमन्त्रीले गरे प्रतीज्ञा

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशलाई बालविवाहमुक्त गर्ने प्रतीज्ञापत्रमा हस्ताक्षर गरेका छन् । बाल विवाहमुक्त नेपालका लागि जस्ट राइट्स फर चिल्ड्रेन इन नेपाल तथा बेस नेपालका प्रतिनिधि तथा बालबालिकामाझ शनिबार उनले प्रतीज्ञापत्रमा हस्ताक्षर गरेका हुन् ।

सिङ्गो देशले नै कानुनी रूपमा बाल विवाह अपराध भनेर परिभाषित गरे पनि प्रदेशका कतिपय ठाउँमा अझैसम्म बाल विवाह हुँदै आएको उनले बताए । 

प्रदेश सरकारले बाल विवाहमुक्त गर्ने खालका नीति तथा कार्यक्रम तय गरे पनि कानुनी रूप दिन बाँकी रहेको उनको भनाइ थियो ।

‘बाल विवाह कानुनीरूपमा अपराध हो र यसको अन्त्य जरुरी छ,’ उनले भने, ‘हामीले नीति तथा कार्यक्रम तय गरेका छौं । कानुनहरू बनिरहेका छन् । कतिपय स्थानीय तहले ऐन बनाएर काम गर्दै छन् । प्रदेश सरकारले पनि चाँडै कडा कानुन ल्याउने छ ।’ गण्डकी प्रदेशमा अहिले पनि ११.९ प्रतिशत बाल विवाह छ ।
 

ADVADV

सम्बन्धित खबर

Advertise