२०८२ वैशाख ६ गते शनिवार / Apr 19 , 2025 , Saturday
२०८२ वैशाख ६ गते शनिवार
Ads

दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै सभामुख घिमिरे

draupadi film
मध्यान्ह
२०८१ माघ १३ गते ११:१८
दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै सभामुख घिमिरे

काठमाडौँ :  प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद्को आसन्न अधिवेशनको तयारी सन्दर्भमा राजनीतिक दलका प्रमुख तथा मुख्य सचेतकहरूसँग छलफल गर्ने भएका छन् । 

आज सत्तापक्षका मुख्य तथा प्रमुख सचेतकसँग छलफल हुने भएको छ । आजै दिउँसो २ बजे प्रमुख प्रतिपक्ष तथा प्रतिपक्षी दलका प्रमुख सचेतकसँग छलफल गर्ने कार्यतालिका छ । 

भोलि बिहान ११ बजे प्रमुख पाँच दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग सिंहदरबारमा  छलफल हुनेछ भने मंगलबार दिउँसो १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक सिंहदरबारमा तय गरिएको छ । 

विधेयक रहेका संसदीय समितिका सभापतिसँग पनि सभामुख घिमिरेले अलग–अलग संवाद पनि गरिरहेका छन् । 

ADV

सम्बन्धित खबर

Advertise