२०८३ कार्तिक १८ गते बुधवार / Nov 04 , 2026 , Wednesday
२०८३ कार्तिक १८ गते बुधवार

हिउँदे अधिवेशनको पहिलो बैठकलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने

Nada
२०८१ माघ १३ गते १३:३१
Shares
हिउँदे अधिवेशनको पहिलो बैठकलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौँ : संसद्को हिउँदे अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्लाई सम्बोधन गर्ने भएका छन् । 

सभामुख देवराज घिमिरेसँग आज भएको सत्तारूढ दलहरूका प्रमुख सचेतकसँग भएको छलफलमा एमाले मुख्य सचेतक महेश बर्तौलाले उक्त जानकारी दिएका हुन्  । 

सभामुखसँग छलफल गर्नुअघि बर्तौलाले प्रधानमन्त्री ओलीसँग छलफल गरेका थिए । त्यसपश्चात् उनले सभामुखसँग प्रधानमन्त्रीले पहिलो बैठकमा सम्बोधन गर्ने कुरा जानकारी गराएका थिए । 

संसद्को हिउँदे अधिवेशन आगामी माघ १८ गतेका लागि बोलाइएको छ । हिउँदे अधिवेशनबारे सभामुख देवराज घिमिरेले आज सत्तापक्षका प्रमुख सचेतकहरूसँग छलफल गरिसकेका छन् ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर