कपिलवस्तु : कपिलवस्तुको कृष्णनगरबाट लागुऔषधसहित एक भारतीय महिला पक्राउ परेकी छन् ।
कृष्णनगर नगरपालिका वडा नं. ३ ट्रान्समिटर क्षेत्रमा खटिएको प्रहरी टोलीले नेपाल–भारत सीमा पार गर्दै गरेका अवस्थामा भारतीय महिलालाई लागुऔषधसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारत उत्तर प्रदेशको बलरामपुरकी ३० वर्षीया सरस्वती वि.क.रहेकी छन् ।
उनको साथबाट १ किलो २५ ग्राम चरेस जस्तो देखिने वस्तु फेला परेको छ । उनलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालतबाट म्याद थप लिइ अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय कृष्णानगरले जनाएको छ ।