काठमाडौं : प्रतिनिधि सभाको हिउँदे अधिवेशनको सुरुमै राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले अवरोध गरेको छ ।
शुक्रबार संसद सुरु भएर सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त सन्देशहरू खोज्दा रास्वपाका सांसदहरूले उभिएर संसद अवरोध गरेका हुन् ।
उनीहरूलाई सभामुखले पटक पटक आशन ग्रहण गरी कार्यसूची अघि बढ्न आग्रह गरेका छन् ।
पहिलो दिनको बैठकमा दलीय आधारमा धारणाराख्ने प्रबन्ध गरिएको भन्दै त्यमी क्रममा आफ्नो विषय राख्न भन्दै सभा सञ्चालनमा सहयोग गर्न आग्रह गरे ।