२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

बिटक्वाइन कारोबार गरेको आरोपमा तीन भारतीय नागरिक पक्राउ

Nada
शहबाज खान
२०८१ माघ १८ गते २२:३०
Shares
बिटक्वाइन कारोबार गरेको आरोपमा तीन भारतीय नागरिक पक्राउ

कपिलवस्तु : अभौतिक मुद्रा (बिटक्वाइन) कारोबार गरेको आरोपमा प्रहरी तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

ncell

वडा प्रहरी कार्यालय चन्द्रौटा, कपिलवस्तुबाट माघ १७ गते दिउँसो करिब २ बजे सुरक्षा योजनाअन्तर्गत स्वीप अपरेशन गर्दा होटल हाइवेमा कोठा भाडामा लिइ बसेका भारतीय नागरिकहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरूमा भारत राजस्थान, जयपुरका ३० वर्षीय विजेन्द्र कुमार सैनी, राजस्थान दोसावान्ता कुईका २२ वर्षीय मोनु सैनी र सोही स्थानका ३५ वर्षीय नन्दलाल सौनी रहेका छन् ।

प्रहरीले उनीहरूलाई एमईएससी एप्लिकेशनमार्फत अवैध रूपमा बिटक्वाइन कारोबार गरिरहेको अवस्थामा फेला पारेको थियो । उनीहरूबाट विभिन्न कम्पनीका २४ वटा मोबाइल फोन, डेल कम्पनीको १ वटा ल्यापटप, ६ वटा चार्जर र २ वटा मल्टिप्लग बरामद गरिएको छ ।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २२, दफा २६२ (क) बमोजिम अभौतिक मुद्राको प्रयोग गर्न नहुने कसुरमा उनीहरूविरुद्ध कपिलवस्तु जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

ताजा खबर

सम्बन्धित खबर