२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

कर्णालीमा पहिलो पटक ‘कर्णाली सांस्कृतिक सम्मेलन’ हुँदै

Nada
कुलेन्द्र शाही
२०८१ असार १३ गते १८:५७
Shares
कर्णालीमा पहिलो पटक ‘कर्णाली सांस्कृतिक सम्मेलन’ हुँदै

सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली सांस्कृतिक सम्मेलन–२०८१’ आयोजना हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, कर्णाली प्रदेश र वीरेन्द्रनगर नगरपालिका सुर्खेतको संयुक्त आयोजना तथा रेडपाण्डा ग्रुप अफ कम्पनीजको व्यवस्थापन र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति, सुर्खेतको सांस्कृतिक संयोजनमा सांस्कृतिक सम्मेलन आयोजना हुन लागेको हो ।

ncell

असार १४ र १५ गते मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालयको सभा हल, कुइनेपानी, सुर्खेतमा आयोजना हुने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल प्रदेश कार्यसमिति, कर्णालीले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । सम्मेलन बिहान ११ बजेदेखि शुरु हुने पनि आयोजकले बताएको छ ।

कर्णालीका मौलिक लोक, कला संस्कृति संरक्षण सम्वद्र्धनको विषयमा यो सम्मेलनले योगदान दिने प्रतिष्ठानको अपेक्षा रहेको छ ।

सम्मेलनको उद्देश्य सम्बन्धित विषय विज्ञसँग अन्तरक्रिया कार्यक्रम गरी कर्णालीको सांस्कृतिक दस्तावेज तयार गर्ने, कर्णालीको वैभव कर्णाली सभ्यता, संस्कृत सम्बन्धमा नयाँ पिढीलाई जानकारी गराउने र यसको जगेर्ना गर्नु उत्प्रेरित गर्ने, वीरेन्द्रनगर नगरपालिकाको स्थानीय पाठ्यक्रममा कर्णालीका संस्कृति समावेश गर्न विषयवस्तु संकलन गर्नेलगायतका रहेका छन् ।

सांस्कृतिक सम्मेलनमा तीन वटा सेशनहरु सञ्चालन हुने प्रतिष्ठानले जानकारी गराएको छ । जसमा प्राकृत नेपाली भाषा कर्णाली सभ्यताबारे छलफल हुनेछ । जागेश्वर नेपालले सहजीकरण गर्ने यस छलफलमा डा. जीवेन्द्र देव गिरी, डा. महेन्द्र कुमार मल्ल, पण्डित तिलक रिजाल र खडानन्द चौलागाईं वक्ता रहने प्रतिष्ठानले जनाएको छ ।

यस्तै सम्मेलनमा कर्णालीको संस्कृतिबारे चर्चा हुनेछ । नारायण तिमिल्सेनाले सहजीकरण गर्ने यस छलफलमा मोतिराज बम, ओम रिजाल र वसन्ती शाही वक्ता रहने प्रतिष्ठानले बताएको छ । प्रतिष्ठानका अनुसार कर्णालीको संस्कृति नेपालमा र नेपालको संस्कृति विश्वमाबारे पनि चर्चा हुनेछ । उत्तम शर्माले सहजीकरण गर्ने यस छलफलमा जोगेन्द्र के.सी., रिता थापा मगर, प्रेमदेव गिरी र कृष्णराज धमला वक्ता रहनेछन् ।

यस्तै सम्मेलनमा गंगा के.सी., भिम बहादुर कार्की, राधिका मल्ल, गणेशभक्त गौतम र कुलमान नेपालीले कथा वाचन गर्ने प्रतिष्ठानले जनाएको छ ।

यस्तै सम्मेलनमा सांस्कृतिक प्रस्तुतिको आकर्षण पनि रहनेछ । जसमा मयुर नाच, हुड्के नाच, झ्याउरे नाच, सोरठी नाच, टप्पा नाच, कौरा नाच, देउडा खेल, एकल गायन, सुमधुर सांगीतिक साँझ (दोहोरी) तथा कर्णालीका दश वटै जिल्लामा रहेका मौलिक कला सांस्कृतिक प्रस्तुति रहने प्रतिष्ठानले बताएको छ ।

यस्तै सम्मेलनमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष रिता थापा, उपाध्यक्ष कृष्ण रेउले, सचिव उत्तम शर्मा, सदस्य खड्क बहादुर चन्द र सदस्य राजु के.सी.ले प्रशिक्षण दिने कार्यक्रम पनि रहेको प्रतिष्ठानको भनाइ छ ।

ताजा खबर

सम्बन्धित खबर