२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

विजयनगर गाउँपालिकाको बजेट ६४ करोड २५ लाख

ADV
क्षितिज किरण
२०८१ असार १३ गते २१:०५
विजयनगर गाउँपालिकाको बजेट ६४ करोड २५ लाख

कपिलवस्तु : कपिलवस्तुको विजयनगर गाउँपालिकाले ६४ करोड २५ लाख ५० हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले गाउँपालिकाको दोस्रो गाउँसभाको पाँचौँ अधिवेशनबाट उक्त बजेट प्रस्तुत गरेकी हुन् ।

गाउँसभामा उपाध्यक्ष चौधरीबाट आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम, आर्थिक विधेयक र विनियोजन विधेयक–२०८१ प्रस्तुत गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले नागरिकको स्वास्थ्य बीमा, पर्यटन, कृषि, हरियाली वातावरण र सरसफाइलाई मुख्य प्राथमिकता राखेर बजेट बनाएको बताएका छन् । उनले यस आर्थिक वर्षमा कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको जानकारी गराए । साथै उनले आवश्यकता अनुसार विकासका पूर्वाधारहरुलाई समेत निरन्तरता दिँदै जाने बताए । उनले पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको शंकरपुर ताललाई समग्र विजयनगरको पहिचान भएको बताउँदै गौरवको योजना अन्तर्गत संघीय सरकारले यस वर्ष बजेट विनियोजन गरेको जनाए ।

अध्यक्ष थापाले सामाजिक विकासलाई गाउँपालिकाले जोड दिएको जिकिर गर्दै गाउँपालिका–६ बद्धौरमा निर्माण भएको १५ शय्याको अस्पताललाई सञ्चालनमा ल्याउने र शिक्षा क्षेत्रमा आवश्यकता अनुसार भौतिक पूर्वाधारको संरचना निर्माणसँगै शैक्षिक गुणस्तरीयतालाई विशेष कार्यक्रममा राखि गाउँपालिकाले अगाडि बढ्ने बताए । यस्तै एक गाउँ, एक कृषि, पशु प्राविधिक नीति तथा कार्यक्रममा समावेश गरिएको अध्यक्ष थापाको भनाइ छ ।

ADVADV

सम्बन्धित खबर

Advertise