२०८१ फागुन १४ गते बुधवार / Feb 26 , 2025 , Wednesday
२०८१ फागुन १४ गते बुधवार
Ads

बाबुरामलाई अवसर !

hardik ivf
२०८१ माघ २९ गते ०६:५०
बाबुरामलाई अवसर !

अहिलेका प्रमुख राजनीतिक दलहरूबाट देशलाई अग्रगामी दिशामा हिडाउन नसकिने निष्कर्ष पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले आफ्नो राजनीतिक प्रतिवेदनमा प्रस्तुत गरेका छन् । राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा जारी नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम राष्ट्रिय सम्मेलनमा भट्टराईले नयाँ वैकल्पिक राजनीतिक शक्तिलाई अपरिहार्य विकल्प भनेका छन् । ३२ पृष्ठको राजनीतिक एवं संगठनात्मक प्रतिवेदनमा भट्टराईले अर्थ–राजनीतिक परिवर्तन र मानव विकासको चरणबारे लामै व्याख्या गर्दै २०७२ सालको संविधानपछि वैकल्पिक शक्ति अनिवार्य आवश्यकता बन्न पुगेको बताएका छन् । तर सँगै बितेको १० वर्षमा आफू नेतृत्वको नयाँ शक्तिले पनि अलमल र गल्तीहरू गर्न पुगेको उल्लेख गरेका छन् । गल्ती स्वीकार्नु सकारात्मक भएपनि बाबुराम भट्टराईको विगत हेर्दा उनकै नेतृत्वमा देशले अग्रगामी गति लिन्छ भन्ने बलियो आधार देखिदैन । 

किनकि आमनागरिकमा अहिले जर्बजस्त पुराना नेताहरूप्रति वितृष्णा छ । बाबुरामलाई पनि पुरानै नेताहरुको लहरमा राखेर हेर्ने गरिन्छ । तसर्थ उनप्रति पनि धेरै सकारात्मक दृष्टिकोण छ भन्ने अवस्था छैन । पक्कैपनि पुराना पुस्ताका नेताहरू मध्ये तुलनात्मक कम र बढी चाहिँ हुन सक्छ । त्यस्तोमा बाबुरामप्रति तुलनात्मक बढी विश्वास हुन सक्छ । यद्यपि उनी देशको प्रधानमन्त्री भइसकेका व्यक्ति हुन् । पञ्चायविरुद्ध संघर्ष गरेका, दश वर्ष सशस्त्र विद्रोहको नेतृत्व गरेका, शान्ति र संविधान निर्माणको अगुवाइ गरेका अनि गणतन्त्र नेपालको प्रधानमन्त्री भइसकेका व्यक्ति भएकाले उनी पुष्टि भइसकेका व्यक्ति हुन् । त्यसैले अबको राजनीतिक कोर्स उनकै नेतृत्वमा अगाडि बढ्छ भन्ने ढुक्कको आधार छैन । 

यद्यपि देशलाई सही दिशामा लैजाने कार्यको नेतृत्व मैले नै गर्न सक्छु भन्ने आत्मविश्वास बाबुरामसँग होला । अरू बृद्ध नेताहरूमा पनि यस्तै आत्मविश्वास छन् । त्यसैले त एक भन्दा बढी पटक प्रधानमन्त्री भइसकेकाहरू पनि फेरि अर्कोपटक भन्दैछन् । तर यही तिनै पुस्ताको नेतृत्वमा देश बन्ने विश्वास कम्तिमा युवा पंक्तिमा देखिदैन । उनीहरू विदेशमा भविष्य देखिरहेका छन् । अर्थात् नेतृत्व हस्तान्तरण अहिलेको अनिवार्य सर्त भइसकेको छ । तर नेतृत्व छोड्न कोही तयार छैनन् । कम्तिमा सानै पार्टीको नेतृत्व भएपनि बाबुरामले त्यो हिम्मत देखाउन सक्छन् । यदि उनले नयाँ पुस्तालाई अगाडि सारे भने अरू दलमा पनि दबाव बढ्छ । बिस्तारै हुने नेतृत्व परिवर्तनले एउटा देशभित्रै केही हुने विश्वासको बातावरण बन्न सक्छ ।

ADV

सम्बन्धित खबर

Advertise