२०८१ चैत १ गते शुक्रवार / Mar 14 , 2025 , Friday
२०८१ चैत १ गते शुक्रवार
Ads

ब्राउन सुगरसहित पक्राउ

hardik ivf
शहबाज खान
२०८१ माघ ३० गते २१:०६
ब्राउन सुगरसहित पक्राउ

कपिलवस्तु : कपिलवस्तुको कृष्णानगर सीमा क्षेत्रबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन् । 

ईलाका प्रहरी कार्यालय कृष्णानगरको विशेष अभियान अन्तर्गत प्रहरी निरीक्षक सुरज खत्री नेतृत्वको टोलीले ट्रान्समिटर क्षेत्रबाट एक जनालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा भारत उत्तर प्रदेश बलरामपुर जिल्ला मदरहवा कला पोष्ट बिशनपुर टनटनवा भगगौर बस्ने ३८ वर्षीय पारस गौड रहेका छन् । 

शंकास्पद रूपमा नेपालतर्फ आउँदै गरेका गौडको साथबाट ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ (२७० मिलिग्राम) बरामद गरिएको प्रहरीले जनाएको छ । उनलाई कपिलवस्तु जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ । 

यसअघि उनी चोरी मुद्दामा समेत संलग्न रहेको खुल्न आएको छ । उनी २०८१ जेठ २५ गते चोरी मुद्दामा पक्राउ परेका थिए भने ३ महिना कैद भुक्तान गरेर  छुटेका थिए । प्रहरी निरीक्षक खत्रीका अनुसार सीमा क्षेत्रमा लागुऔषध नियन्त्रण गर्न निरन्तर निगरानी र विशेष अभियान सञ्चालन भइरहेको छ ।

ADV

सम्बन्धित खबर

Advertise