२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

एनएमबि बैंकले सातै प्रदेशमा मनायो एमएसएमई दिवस

ADV
मध्यान्ह
२०८१ असार १४ गते २०:०८
एनएमबि बैंकले सातै प्रदेशमा मनायो एमएसएमई दिवस

काठमाडौं : एनएमबि बैंकले एमएसएमई दिवसको मनाएको छ । अन्तर्राष्ट्रिय एमएसएमई दिवस २०२४ को अवसरमा बैंकले सातै प्रदेशमा एमएसएमई ग्राहकहरुलाई सम्मान र सहयोग गर्ने उदेश्यले कार्यक्रम आयोजना गरेर एमएसएमई दिवस मनाएको हो ।

कार्यक्रममा बैंकका विभिन्न शाखाहरुका आठ सय भन्दा बढी ग्राहकहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा एमएसएमईका ग्राहहरुलाई लेखा, बित्त, मार्केटिङ्ग, डिजिटाइजेसन जस्ता विषयहरुको जानकारी दिँदै यसबाट अधिकतम फाइदा लिएर व्यवसाय अभिवृद्धि गर्नको लागि उत्प्रेरित गरिएको थियो ।

यस कार्यक्रमा उपस्थित ग्राहकहरुबीच एक आपसमा सम्बन्ध जोड्न र उनीहरुको व्यवसाय प्रवर्द्धन गर्नका लागि बैंकले सहजिकरण गर्दै ग्राहकहरुलाई उनीहरुको व्यवसायमा आइपरेको विभिन्न समस्याहरु समाधान गर्नको लागि सुझाव दिइएको थियो ।

एमएसएमई तथा अन्य प्राथमिक क्षेत्रलाई प्राथमिकतामा राख्दै आईरहेको बैंकले, एमएसएमई दिवस विगत तीन वर्षदेखि मनाउंदै आइरहेको छ । यस्ता कार्यक्रमा उपस्थित ग्राहकहरुले प्रतिस्पर्धात्मक बजारमा आफुलाई सशक्त बनाएर आफ्नो व्यापार व्यवसाय बढाउने विश्वास बैंकले लिएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise