२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

भूगर्भ सिमेन्टले आइपीओ जारी गर्ने

ADV
मध्यान्ह
२०८१ असार १४ गते २०:०९
भूगर्भ सिमेन्टले आइपीओ जारी गर्ने

काठमाडौं : भूगर्भ सिमेन्टले साधारण शेयर (आइपीओ) जारी गर्ने भएको छ । कम्पनीले प्रति शेयर अंकित मूल्य एक सय रुपैयाँका दरमा शेयर निष्कासन गर्न लागेको हो । कम्पनीले आइपीओ निष्कासन गर्नको लागि नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । 

कम्पनीले हाल कायम चुक्ता पुँजीको २० प्रतिशत शेयर जारी गर्ने जनाएको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्र, वैदेशिक रोजगारीमा रहेका नेपाली कम्पनीका कर्मचारी, सामुहिक लगानी कोष र सर्वसाधारणलाई शेयर निष्कासन गर्नेछ ।

सो सम्बन्धमा भूगर्भ सिमेन्ट र नबिल इन्भेष्टमेन्ट बैंकिङबीच बिहीबार धितोपत्र निष्कासन तथा बिक्री प्रबन्ध सम्बन्धी सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा भुगर्भ सिमेन्टको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपकराज गिरी र नबिल इन्भेष्टमेन्ट बैंकिङको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise