२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

आरोह फर्टिलाइजर्सले उत्पादन शुरु गर्‍यो बायो अर्गानिक मल

Nada
२०८१ असार १४ गते २०:१०
Shares
आरोह फर्टिलाइजर्सले उत्पादन शुरु गर्‍यो बायो अर्गानिक मल

काठमाडौं : आरोह फर्टिलाइजर्सले नेपालको माटो र हावापानीलाई सुहाउँदो बायो अर्गानिक (जैविक) मल उत्पादन शुरु गरेको छ । किसानलाई मल अभाव न्यूनीकरण गर्ने उद्देश्यले कम्पनीले बायो अर्गायानिक (जैविक) मल उत्पादन गरेको हो ।

ncell

कम्पनीले शुक्रबार पत्रकार सम्मेलन गरेर रासायनिक मलको जथाभावी प्रयोगले गर्दा जमिनको माटोको उत्पादन क्षमता घट्दै गएको अवस्थामा जैविक मलको उत्पादन गरिएको कम्पनीका अध्यक्ष सैलेन्द्र शम्सेर जबराले बताए । ‘हिमाल, पहाड तराई/मधेशको माटोमा परीक्षण पश्चात् कृषकको लागि उपयुक्त रहेको प्रमाणित हुँदै छ’, उनले भने, ‘नेपाली बजारमा पहिलो पटक यो मल ल्याउन लागेको हो ।’  

उनले नेपालमा मलमा सधै परनिर्भरताको असहज परिस्थिति सामना गर्नु पर्ने बाध्यता देखिएको भन्दै कम्पनी नेपालको पहिलो बायो अर्गानिक (जैविक) मल उद्योगको रुपमा स्थापना भएको दाबी गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय र उद्योग विभागको स्वीकृति अनुसार आरोह फर्टिलाइजर्सले बायो अर्गानिक मलको उत्पादन गरेको जनाएको छ । 

‘हरियो नेपालतर्फ एक पाइला’ भन्ने अवधारणाअनुसार आरोहले उत्पादन गरेको मल वातावरणमैत्री, माटोको उर्वराशक्ति बढाउने प्रकृतिको रहेको कम्पनीको दाबी छ । 

आरोह फर्टिलाईजर्स मुख्यतथा तीन किसिनको मल उत्पादन गर्ने गरेको छ । जसमा आरोह बायो (जैविक) मल अन्तरगत आरोह याजो फाइबर प्लस, आरोह आज्टो नोड केयर, आरोह बायो पोटास, एनपीके, पीएसबी, जेडएन बुस्ट रहेका छन् । यस्तै आरोह बायो (जैविक) दानेदार र पाउडर मल अन्तरगत आरोह बायो अर्गानिक फर्टिलाइजर, आरोह वायो पीआरओएम, आरोह बायो पोटास, आरोह बायो कम्पोस्ट मल ल्याएको हो । यसैगरी आरोह बायो (जैविक) किटनाशकमा आरोह बायोमीरिया र आरोह ट्रिको केयर बजारमा ल्याएको हो ।  मलको फ्याक्ट्री धनुषाको धनुषाधाम नगरपालिका–३, तेजनगरमा रहेको छ ।

ताजा खबर

सम्बन्धित खबर