२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

नेपाल स्रस्टा समाज बागमती प्रदेश तदर्थ समिति घोषणा

shivam cement
२०८१ जेठ २१ गते १५:३७
Shares
नेपाल स्रस्टा समाज बागमती प्रदेश तदर्थ समिति घोषणा

काठमाडौं : नेपाल स्रस्टा समाज बागमती प्रदेश तदर्थ समितिको विधिवत घोषणा गरिएको छ । नेपाल स्रस्टा समाज बागमती प्रदेश तदर्थ समितिको आयोजनामा काठमाडौं अनामनगरमा एक कार्यक्रमको आयोजना गरी तदर्थ समिति घोषणा गरिएको हो । 

यस्तै सो अवसरमा कवि सुस्मा आचार्यद्वारा लिखित कविता संग्रह अक्षरको आयतनमाथि अन्तरक्रिया समेत गरिएको छ । 

बागमती प्रदेश तदर्थ समितिका संयोजक रविन्द्र आशिष शैलिको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाल स्रस्टा समाजका पदाधिकारी तथा सदस्यहरु, बागमती प्रदेश तदर्थ समितिका पदाधिकारी तथा सदस्यहरु, साहित्य क्षेत्रमा विशिष्ट स्थान हासिल गरेका साहित्यकार तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।

गीतकार हरिकृष्ण धिताल(एच.के.)द्वारा सञ्चालन गरिएको उक्त कार्यक्रमको प्रमुख अतिथिमा नेपाल स्रस्टा समाजका अध्यक्ष  श्रीॐ श्रेष्ठ रोदन, विशिष्ट अतिथिहरुमा संरक्षक तथा नियात्राकार पवन आलोक, गीतकार संघ, नेपालका अध्यक्ष बसन्त बित्यासी थापा, समालोचक प्रा.डा. ज्ञानु अधिकारी,अनेसास नेपाल च्याप्टर अध्यक्ष राजेन्द्र के.सी.,कोशी प्रदेश तदर्थ समिति अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेली, भानु प्रतिस्ठानका कोषाध्यक्ष हरिबोल ढकाल रहेका थिए । 

दुई चरणमा सञ्चालित उक्त कार्यक्रममा प्रमुख अतिथि रोदनले ७ सदस्यीय बागमती प्रदेश तदर्थ समितिको विधिवत घोषणा गरेका थिए । 

उक्त समितिमा रविन्द्र आशिष शैली(काभ्रेपलान्चोक) संयोजक, हरिकृष्ण धिताल(काठमाडौं) सचिव,सदस्यहरुमा बिष्णु थापा(काठमाडौं),सुस्मा आचार्य(ललितपुर),एलिसा ढुंगाना(काभ्रेपलान्चोक),देवराज खरेल(मकवानपुर ) र रेहित सैजु(रामेछाप) छन् । 

दोस्रो सेसनमा कवि सुस्मा आचार्यद्वारा लिखित कविता संग्रह अक्षरको आयतनमाथि स्रस्टा आचार्य र उपस्थित पाठकहरुबीच अन्तरक्रिया सम्पन्न भएको थियो । अन्तरक्रियापछि समालोचक प्रा.डा.ज्ञानु अधिकारीले समीक्षात्मक टिप्पणी गरेकी थिइन् । 

उक्त कार्यक्रममा लब्ध प्रतिष्ठित साहित्यकारहरु राधेश्याम लेकाली, देवीका तिमल्सिना, माधव बिडारी, लब खड्का, प्रतीक घिमिरे, गंगाप्रसाद भेटवाल, छबिरमण सिलवाल, सुशिला सापकोटा, मधु पाठक, सुरेन्द्र पौडेल, भरत बमजन, मानन्धर आभागी, राज प्रदिप सिंह, भुवन सिवाकोटी, तुलसीहरि कोईराला, रुद्र अधिकारी, बिमल भौकाजी, प्रकाश घायल र डिल्लिरमण सुवेदी लगायतको उपस्थित रहेको थियो ।

सम्बन्धित खबर