२०८१ फागुन १४ गते बुधवार / Feb 26 , 2025 , Wednesday
२०८१ फागुन १४ गते बुधवार
Ads

समस्या शैलीमा

hardik ivf
२०८१ फागुन ४ गते ०६:५०
समस्या शैलीमा

सत्ता साझेदार दलहरुबीच राम्रो गृहकार्य नगरी अध्यादेश ल्याएपछि प्रधानमन्त्री केपी शर्मा ओली अप्ठ्यारोमा परेका छन् । अध्यादेशको अप्ठ्यारो प्रधानमन्त्री ओलीमा मात्र नभएर प्रमुख सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेमा लुक्न सकेको छैन । त्यसैले कांग्रेस–एमालेका शीर्ष नेताहरु आवद्ध उच्च स्तरीय कार्यदलको बैठक लगातार बसिरहेको छ । उच्च स्तरीय कार्यदलबाट समाधान निस्कन नसक्दा सत्ता साझेदार अरूका नेताहरुसँग समेत छलफल भइरहेको छ । तर सत्तारुढ जनता समाजवादी पार्टी (जसपा), नेपाल टसमस भएको छैन । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले भूमि सम्बन्धी अध्यादेश पारित गर्न नसकिने अडान सार्वजनिक रुपमै राख्दै आएका छन् । अरू ५ अध्यादेश पारित गर्न सहयोग गर्ने, तर भूमि सम्बन्धी अध्यादेश अगाडि बढाउन नसकिने जसपा नेपालको अडान छ । 

जसपा नेपालले अडान नछोडेसम्म अध्यादेश पारित हुने संभावना छैन । प्रतिनिधि सभामा दुई तिहाइ भएपनि जसपा नेपालको साथ नपाउँदा राष्ट्रिय सभामा सत्ता गठबन्धनसँग सामान्य बहुमत पनि पुग्दैन । राष्ट्रिय सभामा ३ सिटको जसपा नेपालले अडान लिएपछि मधेश केन्द्रीत अर्को दल लोसपाले पनि भूमि अध्यादेशमा साथ दिन नसकिने निर्णय गरेको छ । हुनत अध्यादेशबाट शासन गरिनु राम्रो होइन । अझ संसद अधिबेशन बोलाउन ढिलाइ गरेर अध्यादेश ल्याइएको छ । कानुन निर्माणलाई तीव्रता दिने चाहना हो भने सरकारले हिउँदे अधिवेशन बोलाउन १८ माघसम्म कुनुपर्ने थिएन । तर संसद बोलाउन ढिलाइ गर्ने, अनि आधा दर्जन अध्यादेश ल्याउने नियतलाई साथ दिन सकिदैन थियो । सत्तारुढ जसपा नेपालको अडानले अन्ततः अध्यादेशको बहसलाई सघन बनेको छ । 

यसरी कांग्रेस–एमाले जस्ता प्रमुख दलहरुको सरकारले यस्ता खाले समस्या झेल्नुको कारण भने फेरि पनि सत्ता साझेदारबीच समन्वयको अभाव नै हो । प्रधानमन्त्रीको हैसियतमा केपी ओलीको दायित्व हो, त्यो । तर जसरी पार्टी चलाइरहेका छन्, त्यस्तै शैली सरकार सञ्चालनमा पनि अपनाए । त्यो भनेको बलमिच्याइँ गर्ने, सहकर्मीहरुको कुरा नसुन्ने । संभवतः सरकार सञ्चालनबारे पार्टीभित्र र सत्तारुढ दलका नेताहरुको सुझाव सुन्ने शैली अपनाउने हो भने अहिले देखिएका समस्याहरू सिर्जना नहुन पनि सक्थ्यो । तर प्रधानमन्त्री ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई मनाउँदा पुग्ने शैली अपनाइरहेका छन् । अध्यादेशका सन्दर्भमा मात्र नभएर सरकार सञ्चालनप्रति प्रधानमन्त्री ओलीको यस्तो मनोविज्ञान परिवर्तन हुन आवश्यक छ । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise