२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

लालीगुराँस सहकारीको सीइओ भण्डारी पक्राउ

ADV
मध्यान्ह
२०८१ असार १५ गते २०:५४
लालीगुराँस सहकारीको सीइओ भण्डारी पक्राउ

काठमाडौं : लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सीइओ सुरेन्द्र भण्डारी पक्राउ परेका छन् । उनलाई शुक्रबार राति उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको विशालनगरबाट पक्राउ गरेको हो ।

सो सहकारीले बचतकर्ताको १० अर्ब बढी अपचलन गरेको आरोप लागेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले २९ फागुन २०८० मा सो सहकारीलाई समस्याग्रस्त सहकारी घोषणा गरिसकेको छ । भण्डारी विरुद्द बचत फिर्ता र रकम अपचलन सहितको विषयलाई लिएर चार हजार पाँच सय ७८ जना बचतकर्ताले उजुरी दिएका छन् ।

भण्डारी सो सहकारीको संस्थापक अध्यक्ष रहेको र हाल अन्य व्यक्ति अध्यक्ष भएपनि उनले नै व्यवस्थापकीय नेतृत्व गर्दै आएको बताइएको छ । यसअघि नै बचतकर्ताहरु सहकारीले बचत फिर्ता नगरेको भन्दै अदालत गएका थिए र अदालतले बचत फिर्ता गर्न सो सहकारीलाई आदेश दिएको थियो । तरपनि सहकारीले हालसम्म बचतकर्ताको बचत फिर्ता गर्न सकेको छैन ।

ADVADV

सम्बन्धित खबर

Advertise